देशमा थप ३१६७ जनामा कोरोना पुष्टि

देशमा थप ३१६७ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका बताउनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा मात्रै एक हजार ७४६ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा एक हजार ४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ । पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ८०० जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोना निको भएर हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार