रामेछाप ओख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ आख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ परेका छन । ओख्रेनीकी एक ३ वर्षिय बालिका बलात्कारको आरोपमा १४ वर्षका बालकलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं ५ रामपुरका बालकले मामा घर ओख्रेनी आएको बेला बालिकालाई बलात्कार गरेको बताइएको छ । शनिबार बिहान बालिका बलात्कृत भएको प्रहरीमा उजुरी परे […]

सुरुङबाट चुहिएको पानी नरोकेपछि गुम्देलका स्थानियद्धारा तालाबन्दी

लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएको १५ दिन बितिसक्दा पनि पानी नरोकिएपछि प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले सुरुङभन्दा तलको बसोवास गर्ने ४२ परिवारलाई अन्यत्र सार्नुपर्ने माग राखेका छन् । रामेछापको उमाकुण्ड १ गुम्देलको पेकरनासका बासिन्दाको भनाइ जस्तै लिखु २ आयोजनाले सुरुङमा पानी हालेपछि उक्त टोलमा जताततैबाट पानीको मूल फुटेको छ […]

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा तर छलफल भने प्रभावकारी भएन

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा रहे पनि छलफल राम्रोसँग हुन सकेको छैन । स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार अघि बढ्दा हिजोआज पालिकाहरूलाई वडाको बजेट सीमा भित्रका र अन्य महत्वपूर्ण आयोजनालाई प्राथमिकता निर्धारण गर्न भ्याइनभ्याइ हुनुपर्ने भए पनि रामेछापका अधिकांस स्थानीय सरकार योजना सम्झौता, पेस्की र भुक्तानीमै व्यस्त बनिरहेका […]

बिनु यादवले तोडिन आमरण अनसन

१५ दिनदेखि अनशनरत बिनु यादव र सरकारबीच चारबुँदे सहमति भएको छ । सहमतिपछि यादवले अनशन तोड्नुभएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि हिजो बेलुका जुस पिलाएर यादवको अनशन तोड्नुभएको हो । बिनु यादवको मागमध्ये पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदन कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय […]

बागमती प्रदेशमा गाडी भाडा घट्यो

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ […]

रामेछाप सैपुमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका २९ वर्षीय युवक सुवास कार्कीको मृत्यु भएको छ । सोमबार लिखु नदीमा व्याट्रीबाट करेन्ट जोडेर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयहरूले बताएका छन् । कार्कीको घटनास्थलमै मृत्यु भएको हो । लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम केही वर्ष अघिदेखि चल्दै आएको छ […]

लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

तोकिएभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि रामेछापको सदरमुकाम मन्थलीको लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निरीक्षणको क्रममा पुरानै बिल प्रयोग गरी सरकारले तोकेभन्दा बढी मूल्यमा इन्धन बिक्री गरेको भेटिएपछि उक्त जरिवाना गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले नागरिकको गुनासोका आधारमा निरीक्षणको […]

काठमाडौंमा रामेछापकी एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

रामेछापका एक महिलाले काठमाडौंमा शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ४ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको त्यहाँका प्रहरी सहायक निरीक्षक श्याम तामाङले जानकारी दिनुभयो । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी […]

रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते

रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी मन्थली नगरपालिका १४ फुलासीका ३२ वर्षिय ट्रिपर चालक सुरज तमाङ गम्भिर घाईते भएका हुन् । खाँडादेवि गाउँपालिका ४ सिम्लेस्थित रजगाउँबाट बालुवा लोड गरेर खाँडादेवितर्फ जाँदै गरेको बा २ क ८१६६ नम्बरको ट्रिपर बिहिबार दिउँसो आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको […]

सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने

काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा बन्ने गरी पहिचान भएको ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने निर्णय भएको छ । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माणका लागि ६ महिनाभित्र दूबै देशबीच हस्ताक्षर गर्ने निर्णय भएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जारी गरेको […]