जिल्ला अस्पताल रामेछापमा जनरल बेड निःशुल्क

जिल्ला अस्पताल रामेछापमा जनरल बेड निःशुल्क

यहि भदौ १ गतेदेखी जिल्ला अस्पताल रामेछापमा जनरल बेड निःशुल्क भएको छ । बागमती प्रदेश सरकारले मातहतका १३ वटा अस्पतालमा बेड निःशुल्क उपलब्ध गराउने परिपत्र गरेसँगै रामेछाप अस्पतालमा जनरल बेड निःशुल्क भएको हो । बागमती प्रदेश सरकार मातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गतेदेखी जनरल बेड निःशुल्क गरिएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले निर्णय गरेर भदौ १ गतेदेखि अस्पतालमा जनरल बेड सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन परिपत्र गरेको हो । परिपत्रमा सरकारी अस्पतालमा उपलब्ध रहेका बेडमध्ये क्याबिन, एनआईसीयु र आइसीयु बाहेकका अन्य सम्पूर्ण बेडहरु निःशुल्क प्रदान गर्न भनिएको छ ।

प्रदेश सरकारको यो परिपत्रसँगै जिल्ला अस्पताल रामेछाप लगायत प्रदेश सरकार मातहतका १३ वटा अस्पतालमा जनरल बेड निःशुल्क गरिएको हो । यस्तै निजि, सरकारी र सामुदायिक अस्पतालहरुमा सामाजिक सेवा ईकाई स्थापना गरी, असहाय, अपांगता वर्ग क र ख, विपन्न, बेवारिसे बिरामीहरुको उपचार व्यवस्थित गर्न पनि निर्देशन दिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जिल्ला अस्पताल रामेछापमा हाल हर्नियाँ, हाइड्रोशील र प्रसूति शल्यक्रिया, अक्सिजन सहितको स्वास्थ्य सेवा, दन्त सेवा, आँखाको सेवा, डाइलसिस सेवा, जनरल ओपिडी सेवा लगायत अन्य सेवाहरू संचालनमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार