रामेछाप कारागारमा एक कैदीको मृत्यु

रामेछाप कारागारमा एक कैदीको मृत्यु

बलात्कार मुद्दामा रामेछाप कारागारमा कैद भुक्तान गरिरहेका एक वृद्धको मृत्यु भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका –६ का ८४ वर्षीय वृद्ध पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

सोमबार साँझ कारागारको बाथरुममा लडेर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङ्गले जानकारी दिनुभयो ।

कैदी श्रेष्ठ उच्च रक्तचापको रोगी भएको र प्यारलाइसिस भएर नियमित औषधी सेवन गरिरहेका थिए । मृतक श्रेष्ठ जबरजस्ती करणी मुद्दामा रामेछाप कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । उनका शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल रामेछापमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार