समाजसेवी घिमिरेद्वारा घरबारविहीनलाई टिसर्ट र प्लाष्टिक वितरण

समाजसेवी घिमिरेद्वारा घरबारविहीनलाई टिसर्ट र प्लाष्टिक वितरण

देशभर परेको परेको अविरल वर्षासँगै पानीले निथ्रुक्क भिजेर काठमाडौको विभिन्न स्थानका चिसो सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका भोका प्यासा १०० जना मानिसहरुलाई प्रदिप घिमिरेले तातो खानासँगै टिसर्ट (गन्जी) र ओढ्ने प्लाष्टिक वितरण गरेका छन् । चार वर्षदेखी निरन्तर रातको समयमा तातो खाना खुवाएर गरीब दुःखीहरुको साहारा बन्दै आएका प्रदिपले यो साउने झरीको समयमा फेरी प्रशंसनीय कार्य गरेर मानवता अझै मरेको छैन है भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् । प्रदिपले जाडोको समयमा पनि करिब २०० को संख्यामा सडक पेटी, पुलमुनी र ढलको पाइपभित्र सुत्न बाध्य भएको व्यक्तिहरुलाई स्लीपिङ व्याग, म्याट, न्यायो टोटी, पञ्जा, जुत्ता, मोजा, ज्याकेट लगायतका लत्ता कपडा बितरण गरेका थिए भने । असारमा पनि सयौंको संख्यामा रहेका काठमाडौंको चिसो सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र बसेका मानिसहरुलाई सर्ट वितरण गरेका थए ।

ईरामेछाप डटकमले सोधेको प्रश्नमा उनी भन्छन्ः
परोपकार पुण्याय पापाय परपीडनम् ।
परोपकार गरे पुण्य कमाइन्छ, पाप गरे पीडा भोग्नुपर्छ । त्यसैले मैले यो मानवीय कार्य मात्र गरेको हो । मेरो कारण एउटा भुसुनालाई पनि आघात नपुगोस् । मेरो लागी सबै समान हन् । म सबैमा समभाव राख्दछु । मैले शुभारम्भ गरेको पूण्य कार्यमा स्वदेश तथा विदेश देखी आजको मितिसम्म साथ, सहयोग, हौसला र आशिर्वाद प्रदान गर्नुहुने समस्त महानुभावहरु मेरो लागि साक्षात भगवान हुनुहुन्छ । उहाँहरु सबैप्रति म कोटी कोटी नमन गर्दछु । उहाँहरु सबैको जय होस । उहाँहरु सबैलाई आरध्यदेव भगवान् श्री पशुपतिनाथले सँधै कल्याण गरुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार