रामेछाप जिल्ला फुटबल संघद्धारा खेलाडीका लागि जर्सी तथा फुटबल वितरण

रामेछाप जिल्ला फुटबल संघद्धारा खेलाडीका लागि जर्सी तथा फुटबल वितरण

रामेछाप जिल्ला फुटबल संघले खेलाडीका लागि जर्सी तथा फुटबल वितरण गरेको छ । संघले आज (शनिवार) मन्थली नगरपालिका वडा नं. १ र ६ को सिमानाको कुनौरी स्थित खेल मैदानमा नै जर्सी तथा फुटबल वितरण गरेको हो ।

संघका अध्यक्ष सुन्दर घिमिरेका अनुसार संघले ४३ जोर जर्सी र ७ थान फुटबल वितरण गरिएको हो । फुटबल खेल्न सिकाउन, फुटबल खेलको विकास गर्न केही हद सम्म भए पनि सहयोग पुग्ने लक्ष राखेर जर्सी र फुटबल वितरण गरिएको रामेछाप फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो – फुटबल खेल्न इच्छा हुने नानीबाबुहरू १५ दिन देखि मैदानमा छन् । खेल्न सिकेका नयाँ नानी बाबुहरूलाई हौसला बढाउन जर्सी र फुटबल वितरण गरिएको हो।

फुटबल खेल्न रहर भएका तर फुटबलको अभावमा फुटबल खेल्न नपाएका नानीबाबुहरूका लागि फुटबल संघले फुटबल समेत उपलब्ध गराउँदै आएको छ । कुनौरी खेल मैदानमा १५ दिन देखि ४३ जना नानीबाबुहरूले दैनिक प्रशिक्षण गरिरहेका छन्।

एन्फा वाट अनुबन्धित नभए पनि फुटबलको विकासको निमित्त यो संघ निरन्तर लागि परिरहेको छ। देशभरबाट एन्फामा ४८ जिल्ला अनुबन्धित छन् ।

२ वर्ष अघि देखि एन्फा विधान अनुसार सुन्दर घिमिरेको नेतृत्वमा एन्फा सदस्यका लागि रामेछाप जिल्ला फुटबल संघले फाईल पेश गरेको छ ।सम्भवतः राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामेछाप जिल्लाको भएको हुनाले अव चाडै नै रामेछापमा एन्फा सदस्य हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार