विदेश जाने रहरको लहर

विदेश जाने रहरको लहर

हरेक नेपाली बिदेश गए जस्तै मलाई पनि विदेश जाने रहरको लहर नपलाएको भने होइन । बिदेश भन्ने बित्तिकै मेरो मनमा टन्नै पैसा कमाइन्छ,बोटमा नै पैसा फल्छ भन्ने थियो । मैले कक्षा १० पढि सकेपछि विदेश जान्छु भनेर पासपोर्ट बनाए,अफ्सोच मैले विदेश जान पाईन,मलाई घरबाटै विदेश जान बन्देज लगाइयो,तर मलाई अझै विदेश जाने रहर भने हराएको छैन ।

नेपालमा युवाहरु बेरोजगार हुनु सरकारलाई दोष दिउँ या आफै अभागि दोषि भनौं दुइमा एक त पक्कै दोषि थियौं,तर यहि नै दोषि हो भनेर ठम्याउन मलाई मुस्किल परिरहेको छ । नेपालको पढाईको कुनै काम नभएपछि विदेशीन बाध्य छौं हामी । सरकारले न रोजगारीको व्यबस्थापन गरेको छ । न त विदेश जानेलाइ पनि सहज नै बनाएको छ । नेपाल बसे जीवन धान्नै गाह्रो विदेशमा कुनै सुरक्षा नै छैन ।

विदेश जाने रहरले मनभरि खुसि बोकेर बसेको म नेपालको एरपोटमा जाँदा हजारौं लाखौं म जस्तै दिदिबहिनि हरियो पासर्पोट लिएर लाईनमा बसेको देख्दा आँखा रसाउँछ । एरपोटमा बाध्यताले परिवार,बुढाबुढि बाआमा,सानानानि,बाबुश्रीमतिलाई छोडेर विदेश जानेको लर्को देखिन्छ । बिदेशियका ती नेपालिहरुलाइ नेपाल बस्न मनै नभएर बाहिरिएका हुन त ? मलाई यस्ता प्रश्नले मनमा खैरो खन्ने गर्छ ।

सबैले नेपाल छाडेर विदेश नै रोजाइमा परीरहँदा नेपालमा अब केही गर्ने अबस्था नै छैन । नेपालको पढाइको कुनै महत्व नभए पछि मैले पनि विदेश जानै पर्छ भन्ने सोच भने अझै हटेको छैन । दुबैमा रहनु भएको मेरो नजिकको एकजना दिदी र जनि शाहलाई मैले महिलालाई विदेश बस्न कत्तिको सहज छ भनेर प्रश्न गर्दा उहाँको जवाफमा महिलाको लागि विदेश बस्न सहज नभएको उहाँले बताउनुभयो ।

विदेशमा नेपाली चेली बेचिनु पर्ने,हिंसा,हत्या,शारिरीक शोषणमा बस्नु पर्ने जस्ता थुपै्र समस्याहरु उहाँले सुनाउनुभयो । त्यसपछि मलाई विदेश जाने रह नै हरायो । उहाँको पनि विदेशिने रहर नभई बाध्यता भएको काठमाडौंमा रहनु भएको रजनी शाहले बताउनुभयो । तर उहाँले काम गर्ने कम्पनि राम्रो परेकोले ७ वर्ष सम्म दुबैमा टिक्न सफल हुनुभएको कुरा बताउनुभयो ।

यस्तै खालका धेरै कुराहरु सुनिरहदाँ पनि मलाई विदेश जाने रहर भने हराएको छैन । मेरो मनमा लागेको प्रश्नहरुले यस्तो कुरालाई पनि सम्झन्छ कि पासपोर्ट बनाएको कम्तीमा ७ वर्ष बित्यो । त्यो हरियो रंगको पासपोर्टमा जसरी पनि नेपाल सरकारले श्र्रमको लागि स्वीकृति प्रदान गरेको पासर्पोटमा भिषा लगाएर विदेशिने मन भने हराएको छैन मेरो ।

किनकी नेपालमा एक्लो ज्यान पाल्न समेत मुस्किल छ । यस्तो अवस्थामा आफ्नो परिवारलाई कसरी पाल्ने के खाने के लगाउन दिने भन्ने समस्या धेरैलाई छ । नेपालीलाई खेतबारीमा काम गरेर खाउ त खानपुग्ने जमिन छैन । नेपालमै बसौं त न पुग्ने जमिन, न त रोजगारी नै पाईने । धेरै युवाहरु यस्तै समस्याले गर्दा विदेशिन बाध्य भएका छन ।

यस्तै अबस्था हुने हो भने नेपालमा खाध्यानको अभाव,भोकमरी नआउला भन्न सकिन्न । नेपाल सरकारले रोजगारीको व्यबस्था गरेर नेपालका युवायुवतीहरुको हातमा हरियो पासपोर्ट भन्दापनि भरपर्दो सिप र दिगो रोजगारीको सिर्जना बिकास गर्दिए नेपालमा नुनदेखि सुनसम्म फलाउन सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार