रामेछापको दोरम्बामा ट्रक दुर्घटना हुँदा पाँच जना घाइते

रामेछापको दोरम्बामा ट्रक दुर्घटना हुँदा पाँच जना घाइते

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका २ बोदलमा सोमबार अपराह्न बा ५ ख ४०३८ नम्बरको ट्रक दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा २ को घट्टेखोलामा निर्माणाधीन पुलको सामग्री लिएर त्यसतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर खसेको थियो ।

निर्माण सामग्री बोकेको ट्रकका चालक दोरम्बाका ३२ वर्षीय युनिक पाठक र यात्रु सोही ठाउँका ध्रुव पाठक सिकिस्त घाइते भएका छन् ।

त्यसैगरी कुमार बसेल, कुमार योञ्जन र रामशरण तामाङ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार