रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकमा दुर्घटना,२ जनाको मृत्यु

रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकमा दुर्घटना,२ जनाको मृत्यु

रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकस्थित पाँचकिलो भन्ने स्थानमा शनिबार राती दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । एमबी दुगड हाइड्रोको स्कारपियो रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौं जाने क्रममा सिन्धुपाल्चोकमा दुर्घटना भएको हो ।

जीप लामोसाँघु– जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको पाँच किलो नजिकै राती २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका १ घर भएका जीप चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका घुम्थाङका बलबहादुर खत्रीको मृत्यु भएको ट्राफिक प्रहरी सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा २ जना महिला र २ जना बालिका रहेको र उनीहरुलाई उपचारका लागि धुलीखेल अस्पताल भर्ना गरिएको पनि प्रहरीले जनाएको छ । सडकको माथिल्लो मोडबाट पल्टिएको जीप ३ सय मिटर तल सडकमै झरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार