रामेछापको बिजुलीकोटमा घरको आँगनमा लडेर एक महिलाको ज्यान गयो

रामेछापको बिजुलीकोटमा घरको आँगनमा लडेर एक महिलाको ज्यान गयो

आफ्नै घरको आँगनमा लडेर रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा एक महिलाको ज्यान गएको छ । गएराति आँगनमा चिप्लिएकी ४५ वर्षीया सरिता तामाङको घटनास्थलमै ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ । लडेर तामाङको टाउकोमा गहिरो चोट लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार