आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टरको सुझाव

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टरको सुझाव

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टहरूले सुझाव दिएका छन् । अन्य व्यक्तिको तुलनामा नवजात शिशुहरूमा आँखा पाक्ने रोगले जटिलता ल्याउनसक्ने भएकाले विशेष सावधानी अपनाउन डाक्टरहरूले आग्रह गरेका हुन् ।

सामान्यतया वयस्क व्यक्तिहरूमा यो रोग लागे एकदेखि २ हप्तामा निको हुने भए पनि नवजात शिशुहरूमा भने अरू सङ्क्रमण फैलिएर आँखाको ज्योती नै गुम्ने खतरा रहने नेत्र रोग विषेशज्ञ डाक्टर वेन लिम्बूले बताउनुभयो । एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने यो रोगले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्ने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार