कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा असोज ६ र ७ गतेका लागि तोकियो

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा असोज ६ र ७ गतेका लागि तोकियो

कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा असोज ६ र ७ गतेका लागि तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ । पहिलो दिन असोज ६ गते अनिवार्य अँग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ ।

दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ । ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ ।

सो अवधिभित्र रकम जम्मा गर्न छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रूपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ । परीक्षा केन्द्र पछि तोक्ने बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जानकारी दिएको छ । २०८० जेठमा सञ्चालित कक्षा १२ को परीक्षाफल हिजो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार