रामेछापको खाँडादेवी थान्सिङ्गमा गाडी दुर्घटना

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ थान्सिङ्गमा गाडी दुर्घटना भएको छ । सोमबार राति करिब ९/१० बजेको समयमा गाडी दुर्घटना भएको हो । विद्युतको पोल बोकेको निशान गाडी दुर्घटनामा परेको हो । बा ५ ख ७३०७ नम्बरको गाडी ओभरलोड भएर दुर्घटना भएको हुन सक्ने त्यहाँका स्थानिय खिरलाल तामाङ्गले जानकारी दिनुभयो । राति गाडी दुर्घटना भएको […]

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका नेता कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ढुङ्गेलले आफ्ना प्रतिस्पर्धी कृष्ण दाहाललाई २ सय ५७ मतले पराजित गर्नुभयो । ढुङ्गेलले ६ सय ९६ मत पाउँदा दाहालले ४ सय ३९ मत पाउनुभयो । त्यस्तै दावा दोर्जे लामा ६ सय १५ मतसहित प्रदेश उपाध्यक्षमा निर्वाचित हुनुभयो । सचिवमा नवराज सिलवाल एक […]

एमाले बागमती प्रदेशको अधिवेशन:ढुङ्गेल र दाहालबिच प्रतिस्पर्धा

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा अहिले केहीबेरमा मतदान सुरु गर्ने तयारी भएको छ । बागमती प्रदेश अध्यक्षका लागि एमाले नेता कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ । निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुङ्गेलले उम्मेदवारी […]

जवरजस्ती करणी गरेको आरोपमा रामेछाप उमाकुण्डका दुई जना पक्राउ

रामेछापमा जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जवरजस्ती करणीको छुट्टा–छुट्टै घटनामा संलग्न भएको आरोपमा एक बालक सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका–३ का ४७ वर्षीय दिल बहादुर कार्की र १५ वर्षीय एक बालक रहेका छन् । कार्की यही असोज ४ गते दिउँसो उमाकुण्ड गाउँपालिका–५ उरमाखु पाल्टारका […]

रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिद्धारा शतप्रतिशत मुद्दा फर्छ्यौट

रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले गत आर्थिक वर्षमा दर्ता भएको सबै मुद्दा टुङ्गो लगाएको छ । समितिले दर्ता भएका ११४ वटै मुद्दा सबै छलफलबाट टुङ्ग्याएको हो । पालिकाको उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सावित्री सुनुवारले हरेक महिनाको चार आइतबार न्यायिक समितिको बैठक बस्ने गरेको बताउनुभयो । समिति संयोजकसहित तीन जना सदस्यको सोही बैठकमार्फत् वडाबाट ‘रिर्भर’ […]

रामेछाप सदरमुकाम मन्थलीका चार औषधि पसललाई जरिवाना

रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा चार औषधि पसललाई जरिवाना गरेको छ । शुक्रबार भएको अनुगमनमा म्याद नाघेका र प्रतिबन्धित औषधिसमेत फेला परेपछि पहिलो पटकलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जनाएको छ । कार्यालयका प्रमुख सुबोधकुमार साह कर्मयोगीका अनुसार शुक्रबार मन्थलीका ७ वटा औषधि पसलमा अनुगमन भएकोमा ४ वटामा औषधिको बिक्री वितरण गर्ने ईजाजत […]

सुनकोसी नदिको किनारमा फेला परेको शव आफन्तले बुझे

सुनकोसी नदिको किनारमा फेला परेको शव आफन्तले बुझेका छन । यहि असोज १ गते रामेछापको खाडाँदेवी गाउँपालिका वडा नं. १ लुबुघाट स्थित सुनकोसी नदिको किनारमा वेवारिसे शव फेला परेको थियो । मन्थली अस्पतालमा पहिचान तथा पोष्टमार्टमका लागी राखिएको शव बिहिबार आफन्तले बुझेको रामेछाप प्रहरीले जानकारी दिएको छ । उक्त शव खोटाङ दिक्तेल रुपाकोट मझुवागढीका वर्ष […]

शिक्षक आन्दोलन:रामेछापका ३६४१० बालबालिका प्रभावित,स्थानीय तह अधिकार प्रयोगमा निरीह बन्दै

नवराज विश्वकर्मा सरकारले ल्याएको शिक्षा विध्येकका विरुद्धमा विद्यालय नै पूर्ण रुपमा बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरुको कारण रामेछापका ३६ हजारभन्दा बढी बालबालिकाहरुको पठनपाठन प्रभावित भएको छ । दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ स्थानीय तह रहेको रामेछापमा २५३ वटा आधारभूत र ८८ वटा माध्यमिक विद्यालय गरी जिल्लामा ३४१ वटा सामुदायिक विद्यालय छन्; जहाँ ३६ […]

संविधानमा लेखिएका व्यवस्थाबारे नागरिकले थाहा पाएनन्

संविधान जारी भएको ८ वर्ष पूरा भए पनि नागरिकले भने संविधानमा लेखिएको व्यवस्था थाहा पाउन पाएका छैनन् । गाउँमा खेती किसानी र मजदुरी गर्नेहरू मात्रै नभइ पढेलेखेकै युवा पनि संविधानका प्रावधानबारे बेखबर छन् । देशको इतिहासमै पहिलो पटक संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । अधिवक्ता खगेन्द्र खरेलले […]

संविधानमा उल्लेख गरिएका विषय महसुस गर्न नपाएको रामेछापबासीको गुनासो

नेपालको संविधान २०७२ जारी भएको आज आठ वर्ष पुगेको छ । बनाउनेहरूले यो संविधान विश्वकै उत्कृष्ट संविधान भने पनि संविधानमा उल्लेख भएका विषय नागरिकको जीवनमा देखिएको छैन । विपन्न, अल्पसङ््ख्यक, ज्येष्ठ नागरिक, महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायत विभेदमा पारिएका वर्ग समुदायलाई संविधानले अधिकार दिएको छ । तर उनीहरूले व्यवहारमा कुनै पनि अधिकार वा सेवा सुविधा […]