अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम सुरु

रामेछापमा अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम बिहिबार(आज) देखी सुरु भएको छ । रामेछाप नगरपालिका वडा नं ७,८ र ९ का अपाङ्गता भएका व्यक्तिहरुका लागी तालिम संचालन गरिएको हो । अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापको आयोजना र समाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँको सहयोगमा तालिम संचालन गरिएको हो । तालिमको उद्धघाटन […]

रामेछाप नगरपालिकामा पीपीआर विरुद्धको खोप अभियान जारी

रामेछापको रामेछाप नगरपालिकामा बाख्रालाई लाग्ने पीपीआर रोगविरुद्धको खोप अभियान चलिरहेको छ । पीपीआर नियन्त्रण तथा रोकथामका लागि सो खोप अभियान संचालन गरिएको नगरपालिकाका पशु स्वास्थ्य अधिकृत काजी शेर्पाले जानकारी दिनुभयो । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता परिचालन गरी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई […]

जिल्ला स्वास्थ्य कार्यालय रामेछापद्वारा सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान

जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रम गरी विभिन्न सामाग्री सहित जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीको समन्वयमा वडाका ८० वर्ष नाघेका ८४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो […]

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ ले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । आज(शुक्रबार) वडा कार्यालयमा वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गले ४ जना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको हो । गएको पुस २४ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा […]

रामेछापमा आगोलागी नियन्त्रणको पूर्वतयारी शुन्य

अब गर्मीयाम सुरु हुँदैछ । गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढी हुन्छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्वतयारी भने शुन्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ । खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेका […]

रामेछापको भुजिमा भएको स्वास्थ्य शिबिरमा ५ सय जनाले लिए सेवा

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीसँगको समन्वयमा अनेरास्ववियु स्वास्थ्य विभाग र स्ववियु महाराजगन्ज क्याम्पसले मङ्गलवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५० विद्यार्थी सहित ५०० जनाले जनरल सेवा लिएको अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले बताउनुभयो । शिविरमा क्षयरोगको परीक्षण, आँखा परीक्षण र स्त्री रोगको परीक्षण गरी निःशुल्क औषधि […]

रामेछापको लिखु तामाकोशीका किसानलाई अनुदानमा मकैको बिउ वितरण

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले वडा न. ३,४ र ५ मा उन्नत जातको मकैको बिउ वितरण गरेको हो । पालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । किसानहरूको माग भए अनुसारको मकैको बिउ वितरण गर्न […]

नेपाली काँग्रेसको महासमिति बैठक र हिन्दु धर्मबारे निरर्थक बहस

नेपाली काँग्रेसको लाखौं नेताकार्यकर्ताहरुको व्यग्र प्रतीक्षा पश्चात यतिखेर नेपाली काँग्रेस यहि फागुन सात गतेदेखि दश गतेसम्म महासमिति बैठकमा छ । नेपाली काँग्रेसको नीति अधिबेशनका रूपमा पनि यसलाइ लैजाने प्रयत्नको रूपमा लिनु सान्दर्भिक होला । नेपाली काँग्रेसका आम कार्यकर्ताहरु फागुन ७ देखि १० गतेसम्म भैरहेको यो महासमितिको बैठकलाई नजिकैबाट नियाली रहेका छन् । नेपाली काँग्रेसले आफ्नो […]

रामेछाप नगर प्रमुखका स्वकीय सचिवको अकस्मात मृत्यु

रामेछापको रामेछाप नगरपालिकाका प्रमुखको स्वकीय सचिवको अकस्मात मृत्युु भएको छ । ४८ वर्षीय लक्ष्मण श्रेष्ठको शनिबार(आज) दिउँसो ज्यान गएको हो । नगरपालिकाका कर्मचारीहरु वडा नं ७ सुकाजोरमा रहेको ताराखसे पोखरीमा वनभोज खान गएका थिए । वनभोजमा खाजा खाने क्रममा एक्कासि बिरामी परेका श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियो । उनलाइ अस्पताल पुराएको केही […]

रामेछापको सेलेघाटमा टिफर दुर्घटना,चालकको घटनास्थलमै मृत्यु

रामेछापको सेलेघाटमा टिफर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार(आज) बिहान करिब ११ बजेको समयमा मन्थली नगरपालिका वडा नं ६ सेलेघाट सिल्लीबजार स्थित सुनकोशी मरिन ड्राईभर्सनको टिफर दुर्घटना भएको हो । बा २ क ४५०७ नम्बरको टिफर काम गर्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको हो । उक्त […]