लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु

लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु भएको छ । बिहिबार (आज) दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको हो । घर नजिकै रहेको जलजले स्थित लिखु खोलामा २ जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर […]

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन शनिबार (आज) रामेछाप बजारमा सम्पन्न भएको छ । काँग्रेसका केन्द्रिय सदस्य संजय गौतमको प्रमुख आतिथ्यता र रामेछाप नगरका सभापती कमल विक्रम कार्कीको अध्यक्षतामा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने […]

रामेछाप सेवा समाज दोहा कतारद्वारा अग्नि पीडितलाइ आर्थिक सहयोग

यहि चैत्र १ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिका ९ टारमा भएको आगलागीबाट घरबार बिहिन भएका १३ परिवारलाई सहयोग रकम प्रदान गरिएको छ । रामेछाप सेवा समाज दोहा कतारले सोमबार टार गाउँमै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको हो । १३ घर परिवारलाइ प्रति घर परिवार नगद तीन हजार पचास रुपैयाका दरले जम्मा ३९ हजार ६ […]

मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

नबराज विश्वकर्मा,रामेछाप । रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ । नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, भनिएको छ । स्थानीय तहको एकल अधिकार सूची संविधानको अनुसूची–८ (ज) (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन […]

रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,२७ सय बढी विद्याथीले परीक्षा दिँदै

रामेछापमा यहि चैत्र १५ गते बिहिबारदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो । यो वर्ष रामेछापका २७ सयभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी […]

दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीलाई

लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी)ले‘दोस्र रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ। काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८-२ गोलले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको रामेछाप–काठमाडौं पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए। यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले तेस्रो स्थान हासिल गरेको छ। साथीको चिया अड्डालाई ६-४ गोल अन्तरले पराजित […]

कालिका देवी मावि देउरालीका विद्यार्थीलाई ट्रयाक सुट वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको कालिका देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । स्वर्गीय सुनिल खड्का मेमोरियल ट्रस्टको तर्फबाट सोही विद्यालयमा अध्यनरत १ सय ३७ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो । सोहि विद्यालयका प्रधानाध्यापक ॠषि कुमार खड्काले आफ्नो स्वर्गीय छोराको स्मृतिमा कक्षा शिशुदेखि ९ सम्मका विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्नुभएको हो […]

लघुवित्त कर्मचारी मन्चद्धारा रामेछाप बजारमा सचेतनामूलक र्‍याली

विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा आज(शुक्रबार) सचेतनामूलक र्‍याली गरिएको छ । लघुवित्त कर्मचारी मन्च रामेछापले ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारा सहित र्‍याली गरेको हो । रामेछाप मानेँ डाँडादेखी सुरु भएको र्‍याली रामेछाप बजार परिक्रममा गरी रामेछाप नगरपालिकाको अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । […]

रामेछापका बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो

रामेछाप जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो आएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले सोमवार मन्थलीमा आयोजना गरेको बैंक तथा इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा […]

१ दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आज(आईतबार) एक दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय ४३ जनाले सेवा लिएका छन । शहीद गंगालाल फाउन्डेशन नेपालको आयोजना,शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर संचालन भएको हो । शिविरमा एक सय जनाले मुटुको भिडियो एक्सरे,१ सय […]