रामेछाप गोकुलगंगा बेतालीका बृद्धको हत्या आरोपमा चार जना पक्राउ

रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीका एक बृद्धको खुकुरी प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोकुलगंगा गाउँपालिका ४ का ८४ वर्षिय शंम्शेर बहादुर थापामगरको हत्या आरोपमा स्थानीय चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) र रामेछाप प्रहरीले थापामगरको हत्या आरोपमा स्थानीय रामपियारी खड्का, मान बहादुर मगर, […]

गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे

गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछापको क्याम्पस सभाबाट सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे चयन हुनुभएको छ । शनिवार भएको अधिवेशनबाट घिमिर सहित समितिको सदस्यहरू सर्वसम्मत चयन भएका हुन । समितिको सदस्यहरूमा क्रमश कुमारी हायु, लक्ष्मण कुमार घिमिरे र सरोज कटुवाल चयन भएका छन । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले उद्धघाटन गर्नुभएको क्याम्पस सभामा बोल्दै उहाँले रामेछाप […]

रामेछापको राकाथुममा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो,७ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ घाइते भएका छन् । खाँडादेवीको वडा नम्बर ७ को ताल्दुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको जिप शनिबार अपराह्न दुर्घटना हुँदा जिप चालक कालुमान तामाङको घटनास्थलमानै मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी […]

रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,३ हजार २ सय ३१ जना विद्याथीले परीक्षा दिँदै

यहि चैत्र १७ गते शुक्रबार भोलीदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । यो वर्ष रामेछापका ३ हजार बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा […]

रामेछाप सुनारपानी मच्चाबारीमा आगोले एक घर जलेर नष्ट

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी मच्चाबारीमा आगोले एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । गएराति जंगलमा लागेको आगोले यम बहादुर मगरको घर पुर्ण रुपमा जलेर नष्ट भएको वडा न ५ का वडाअध्यक्ष नविन कार्की रबिनले जानकारी दिनुभयो । यम बहादुरले पालेको एउटा गोरु समेत आगोमा परेर जलेको छ । नेपाल आर्मी […]

रामेछापको बेतालीमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीस्थित लिसेखानीमा खुकुरी प्रहारबाट अन्दाजी ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरको मृत्यु भएको छ । सोमबार साँझ करिब साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात समुहले थापामगरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा […]

स्थायी शिक्षक नियुक्तीमा इकाई प्रमुखको चलखेल, सुगम पार्नलाई तीन जनालाई नियुक्ती नै दिएनन्

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले शिक्षक नियुक्तमा व्यापक चलखेल गरेका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् । योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही दिनमा […]

‘हनी ट्रयाप’मा पारेर लुटपाट गर्ने रामेछापका २ सहित ६ जना पक्राउ

हनी ट्रयापिङमा पारेर भारतीय नागरिकलाई लुटपाट गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–९ घर भइ काठमाडौं कलंकी बस्दै आएका २२ वर्षीय राजेश पुरी, मन्थली नगरपालिका–९ घर भइ कलंकी नै बस्दै आएका २२ वर्षीय सुजन गिरी, रसुवाको नौकुण्ड गाउँपालिका–५ घर भइ काठमाडौं स्वयम्भू बस्दै आएका २९ वर्षीय च्याङबा दार्जे थिङ, […]

रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने

रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाको ५० प्रतिशत अनुदानमा बाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाले १० […]

सालकको खपटासहित रामेछापकी एक महिला पक्राउ

नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग गोङ्गबु काठमाडौँबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपटासहित उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीलाई […]