रामेछाप मन्थलीका आधा दर्जनभन्दा बढी सुनचाँदी पसल कारबाहीमा

रामेछापको सदरमुकाम मन्थलीमा रहेका आधा दर्जनभन्दा बढी सुनचाँदी पसलहरुले तोकिएको भन्दा कम तौल भएको ढक प्रयोग गरेर सुनचाँदीको कारोबार गरेका पाइएको छ । चाँडवाड नजिएसँगै गत असोज २३ र २४ गते जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, रामेछाप खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली र गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको संयुक्त […]

रामेछापका स्थानिय तहले पर्यटन प्रवद्र्धनमा काम गर्न सकेनन्

रामेछापको पर्यटन प्रवद्र्धनमा सरकारी निकायले बेवास्ता गरेको व्यवसायी र सरोकारवालाले गुनासो गरेका छन् । जिल्लाको थानापती,सुनापती,खाँडादेवी,उमाकुण्ड,ताराखसे,केवलेश्वर,पाँचपोखरी,जटापोखरी,शैलुङ क्षेत्र लगायत रामेछापको महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । जिल्लामा रहेका पर्यटकीय स्थलको पहिचान, विकास र प्रचारप्रसारमा सबै पक्ष एक हुनुपर्ने भए पनि सरकारी निकायले वास्ता नगरेको व्यवसायी तथा सरोकारवाला निकायले बताएका छन् । केही वर्ष अघिसम्म आन्तरिक तथा बाह्य […]

रामेछापमा दसैँ नजिकिएसँगै बजारमा महङ्गी बढ्यो,उपभोक्ता मारमा

रामेछापमा दसैँ नजिकिएसँगै महङ्गी बढेको उपभोक्ताहरुले गुनासो गरेका छन । अहिले रामेछापको बजार क्षेत्रहरुमा दसैँ नजिकिएसँगै किनमेल गर्नेहरु बढेका छन । बजारमा उपभोक्ताको चहलपहल बढेसँगै व्यापारीले सामानको मूल्य बढाउने गरेको नागरीकहरुको गुनासो छ । रामेछाप नगरपालिका ७ की उर्मिला कार्कीले बजारमा चामल,चिनी,तेल सहित लत्ता कपडाको भाउ पनि ह्वात्तै बढेको बताउनुभयो । लिखुतामाकोशी गाउँपालिका ४ का […]

रामेछापको धोवीमा नेपाली काँग्रेसको शुभकामना आदन प्रदान कार्यक्रम

नेपाली काँग्रेस रामेछाप लिखुतामाकोशी गाउँपालिकाले गाउँपालिकाको केन्द्र धावी बजारमा बुधबार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशै तिहार तथा छठको उपलक्ष्यमा नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका धोबीमा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिएको हो । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापती भोजराज खड्का ( सुन्दर)को अध्यक्षतामा शुभकामना आदनप्रदान कार्यक्रम भएको थियो । […]

जङ्गली हात्तीको आक्रमणमा परि रामेछाप लिखुतामाकोशीका एक युवकको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा परि रामेछापका एक युवकको मृत्यु भएको छ । सर्लाहीमा जङ्गली हात्तीको आक्रमणमा परि रामेछाप लिखुतामाकोशी घर भइ सर्लाहीको हरिवन नगरपालिका–७ टाइवान बस्ने १८ वर्षीय शिवप्रसाद दाहालको मंगलबार(आज) बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो । जानकीनगरको जङ्गलमा बिहान घाँस दाउरा लिन गएको बेला उनलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट एक जना […]

रामेछापको उमाकुण्ड गाउँपालिका एकीकृत घुम्ती शिविर लिएर गाउँ–गाउँमा

रामेछापको उमाकुण्ड गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत पालिकाबाट प्रवाह हुने सेवा सहित गाउँ–गाउँ पुगेको छ । गाउँपालिकाको केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सहितको एकीकृत घुम्ती शिविर लिएर गाउँपालिका बिहीबार देखि गाउँ–गाउँमा पुगेको गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिनुभयो । गाउँपालिकाबाट प्रवाह हुने नयाँ व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र […]

खाँडादेवी मन्दिरको भेटी चोरी गरेको आरोपमा काभ्रेका युवक पक्राउ

रामेछापको खाँडादेवी मन्दिरको दान पेटिकमा राखिएको भेटी चोरी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । रामेछापको ऐतिहासिक एवं धार्मिक स्थल खाडाँदेवी मन्दिरको ढोका फुटाएर मन्दिरभित्र राखीएको दुई वटा दान पेटिकामा रहेको भेटी चोरी गरेको आरोपमा काभ्रेपलाञ्चोकको खानिखोला गाउपालिका–७ घर भएका रविन खुलाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका खुलालले बिहिबार (आज) बिहान करिब […]

रामेछापमा सवारी साधनको पार्टपुर्जा चोरी गरेको आरोपमा एक युवक पक्राउ

रामेछापमा ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा मन्थली नगरपालिका–१ सापमारेका २० वर्षीय प्रदिप भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । प्रदीप भुजेल र रमेश भुजेलले चोरी गरेको ट्रयाक्टरको पार्टपुर्जाहरु कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रदीपलार्ई प्रहरीले नियन्त्रणमा लिएको थियो भने रमेश […]

जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

नेपाली कामदारलाई जापान पठाउने १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको अनुमति पत्र निलम्बन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, […]

अख्तियारद्वारा गत वर्ष ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८० मा ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दामा ७७६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालले पत्रकार सम्मेलन गर्दै विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी सङ्घीय मामिला मन्त्रालय र स्थानीय तहका भ्रष्टाचारसम्बन्धी […]