मनको आवाज

मनको आवाज

था छैन हजुर आजभोलि के हुदैछ
सपनाको घर भत्किदै छ तोडिदै छ दबिदै छ अनि फाँसी दिइदै छ ।

म त्यही जलेको बलेको अनि ढलेको हेर्दै मनमा पीडा लुकाइ ओठमा मन्द मीठो मनमोहक हासो मुस्कान हास्दिदै छु अनि अरुलाई खुलेर हास्न अनि हसाउन खोज्दै अनि प्रेरित गर्दै छु।

सबै कुरा ढलेको देख्छु बाङ्गिएको अनि घुमेको देख्छु,त्यै पनि बिश्वास गरिहाल्ने यो मेरो कोमल मन हर चिज सँग अनि हरकुरालाई सत्य मानेर प्रेम गरिहाल्छु।

कल्पनामा कल्पिदै सम्झिदै अनि सम्झाउदै फेरि सम्हालिन खोज्छु । कतै यहि भिड भित्र हराए झै लाग्छ हराइदिउ जस्तै लाग्छ तर फेरि यहि भिडको हिस्सा भएर रमाइलो गर्छु रमाउछु कराउछु चिच्याउछु!!!

तर अपसोच ,
यो भिड भित्र मेरो यो चीत्कार सुन्ने बुझ्ने अनि सम्झाउने कोहि हुदैन झन यस्तो देखेर मनमा असैय पिडा हुन्छ मन एकदम दुख्छ पोल्छ आफैलाई आफैले सकाइदिउ जस्तै लागेर आउछ प्रयास पनि गर्छु तर हरपल असफल हुन्छु ।
सधै निराशा असफलता हार मेरै भागमा मात्र छ झै किन सोच्दै छ यो मन अनि पागल बन्दै गैरहेछ जीवन ।

रोशनी रजन मगर रामेछाप लिखुतामाकोशी गाउँपालिका -६ रामेछाप । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार