रामेछाप नगरपालिकाले सार्वजनिक ग¥यो एक सय दिनको उपलब्धि

रामेछापको रामेछाप नगरपालिकाले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए पश्चात् नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बाल कुमारी थापा कार्कीले सय दिनको अवधिमा गरेको उल्लेखनीय कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । गत जेठ ९ गते पदभार ग्रहण गर्नुभएका प्रमुख/उपप्रमुखले बिहिबार नगरपालिकाको हलमा आयोजित बार्षिक […]

सिन्धुपाल्चोकका युवक गाँजा सहित सेलेघाटमा समातिए

सिन्धुपाल्चोकका एक युवकलाई गाँजा सहित रामेछाप प्रहरील पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट चेकप्वाईन्टमा प्रहरीले सवारी साधन चेक जाँच गर्ने क्रममा ति युवकलाई पक्राउ गरेको हो । मन्थलीबाट काठमाण्डौ तर्फ जादै गरेको बा ८२ प ९९५० नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोक चौतारा– ७ का बर्ष २४ का राजेन्द्र डङ्गोल गाँजा सहित पक्राउ परेका हुन […]

रामेछाप खाँडादेवीबाट गाँजा सहित एक पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले गाँजा सहित एक पुरुषलाई पक्राउ गरेको छ । बुधबार खाँडादेवी गाउँपालिका –३ आँपचौर बस्ने बर्ष ४९ का नबराज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । खत्रीले किराना पसलमा अवैध गाँजा लुकाई छिपाई राखेको छ भन्ने खबर प्रहरीले पाएपछि ईलाका प्रहरी कार्यालय खाँडादेवीबाट प्रहरी निरीक्षक तेज प्रसाद कँडेल नेतृत्वको टोलीले उनको पसलमै गएर […]

५८ औँ राष्ट्रिय बाल दिवस : रामेछाप नगरपालिकामा हाजिरी जवाफ र नृत्य प्रतियोगिता

बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ आज रामेछाप नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नगरपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा एसइइ २०७८ मा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । हिमगंगा मावि साँघुटारका छात्र सबिन थापा मगरलाई नगद १० हजार […]

रामेछाप नगरपालिकाले १ वर्षको अबधिमा उठायो ९६ लाख ४२ हजार राजश्व

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले १ वर्षको अबधिमा ९६ लाख ४२ हजार बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७८ श्रावणदेखि २०७९ असारसम्मको अबधिमा ९६ लाख ४२ हजार ९ सय ७४ रुपैयाँ राजश्व संकलन गरेको हो । नगरपालिका कार्यालय तथा ९ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन भएको नगरपालिकाका राजश्व शाखा […]

रामेछाप नगरपालिका–८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । वडामा रहेका सबै घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने तयारी अन्तिम चारणमा पुगेको वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो । निशुल्क स्वास्थ्य बिमा कार्यक्रम यहि असोज महिना भित्रमा सुरु गर्ने तयारी रहेको वडाअध्यक्ष तामाङले बताउनुभयो । हरेक परिवारको ५ जनाको […]

रिता माझीले किन छोडिन राप्रपा(प्रेस विज्ञप्ती) सहित

राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्वाचित केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य रिता माझीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । आइतबार एक विज्ञप्ति जारी गरी माझीले पार्टीबाट राजीनामा दिएको बताउनुभएको हो । राप्रपाले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने भएको कारण पदबाट राजीनामा दिएको उहाँको भनाइ छ । यति बेला […]

किन ? रामेछापका ८ वटै पालिकाका प्रमुखहरुले १ सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेनन्

सार्वजनिक संस्थानमा नियुक्ति वा निर्वाचित जनप्रतिनिधिका रुपमा पदबहाली गरेको १ सय दिनमा हासिल भएका उपलब्धि औपचारिक रुपमै सार्वजनिक गरिने परम्परा छ । सोही अनुसार काठमाडौँ महानगरसहित देशका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफूले पद बहाली गरेपछि भएका कामको फेहरिस्त जानकारी गराईरहेका छन् । यो कतै लिखित वा लिपिवद्ध कानुनी प्रावधान नभएपनि १ सय दिनमा भविष्यको […]

सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दीप बहादुर कार्की स्मृती प्रतिष्ठान र हेल्प फर जर्मनको सहयोगमा सुकाजोरमा रहेका २ वटा आधारभूत विद्यालयका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको दीप बहादुर कार्की स्मृती प्रतिष्ठानका अध्यक्ष कमल बिक्रम कार्कीले बताउनुभयो । सिद्धेश्वर आधारभूत विद्यालयका २७ जना […]

नेपाल दलित मुक्ति मोर्चा रामेछाप नगरपालिका कार्यसमिति गठन

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रामेछाप नगरपालिका कार्यसमिति गठन भएको छ । आज भएको प्रथम भेलाले हिरा बहादुर बिश्वकर्माको अध्यक्षतामा २५ सदस्य कार्यसमिति गठन गरेको हो । जसअनुसार उपाध्यक्षमा रामकृष्ण कटुवाल,तेज बहादुर बिक,गोमा नेपाली,सचिवमा दिनेश बिक,सहसचिवमा अशुन बिसुन्के,कोषाध्यक्षमा साने सार्केलाई चयन गरिएको माओवादी केन्द्र रामेछाप नगरपालिकाका नेता एवं दलित अधिकारकर्मी सरोज कटुवालले […]