जिल्ला अस्पताल रामेछापमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुँदै

जिल्ला अस्पताल रामेछापमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुँदै

जिल्ला अस्पताल रामेछापमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हने भएको छ । रामेछाप नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा काभ्रेको आयोजना शिविर संचालन हुन लागेको हो ।यहि जेठ ४ गते बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म शिविर संचालन हुनेछ ।

शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको,आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको,भाँचिएर बाङ्गो भएको वा हड््डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको,ढाड बाङ्गो वा कुप्रो भएको,जोनीहरु र घुँडाको पाङग्रो खुस्किएको लगायत विभिन्न अवस्थाहरुको जाँच गरिने रामेछप नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार