जिल्ला प्रशासन कार्यालय रामेछाप सार्वजनिक बिदाका दिन पनि खुल्ने

जिल्ला प्रशासन कार्यालय रामेछाप सार्वजनिक बिदाका दिन पनि खुल्ने

जिल्ला प्रशासन कार्यालय रामेछापलले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिने भएको छ। उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले सूचना मार्फत जानकारी गराएको हो । शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्यालय संचालन हुने सूचनामा जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार नागरिकको सुविधाका श्रीकृष्ण जन्माष्टम, रक्षाबन्धन, घटस्थापना, क्रिसमस, उभौली, धान्यपूर्णिमा, तमु ल्होसार, माघी, सोनाम ल्होसार, महाशिवरात्री र ग्याल्पो ल्होसारका दिन कार्यालयबाट सेवा संचालन हुनेछ ।

त्यसैगरी ईद, बकरईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिनमा पनि कार्यालय खुल्ने जनाइएको छ । सार्वजनिक बिदाका दिन नागरिकता प्रमाणपत्र जारी हुने, राहदानीको सिफारिस हुने र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा संचालन हुने उक्त कार्यालयले जनाएको छ । बिदाका दिन मुद्दा, प्रशासन, संघसंस्थालगायतका अन्य शाखाको काम भने हुने छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार