१० महिनामै रामेछापका ५ हजारभन्दा बढी युवा विदेश गए

१० महिनामै रामेछापका ५ हजारभन्दा बढी युवा विदेश गए

विगत केहि बर्षको तथ्याङक हेर्नेहो भने प्रत्येक बर्ष रामेछापबाट रोजगारी गर्न विदेश जाने युवाहरुको संख्या बढ्दै गएको छ । १० महिनामै रामेछापका ५ हजारभन्दा बढी युवा विदेश गएका छन ।

आर्थिक वर्ष २०७९/०८० मा रामेछापबाट ५ हजार ७ सय ५४ जना विदेश गएका हुन । यो आर्थिक वर्षको चैत्रसम्म ११ सय ५० जना महिला र ४ हजार ६ सय ४ जना पुरुष विदेश गएको सुरक्षित आप्रवासन कार्यक्रम रामेछापका संयोजक दिपक कुमार केसीले बताउनुभयो ।

गत वर्ष २०७८/०७९ मा जिल्लाबाट ४ हजार ५ सय ७५ जना युवा विदेश गएका छन । गत वर्ष महिला १ सय ४९ र पुरुष ४ हजार ४ सय २६ जना विदेशीएका हुन् । गत वर्षभन्दा यो वर्षको १० महिनाकै अबधिमा विदेश जानेको संख्या बढेको पाइएको छ ।

वैदेशीक रोजगारीमा जाँदा सहि सूचना र सिप लिएर मात्रै जान सुरक्षित आप्रवासन कार्यक्रम रामेछापका संयोजक केसीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार