सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दीप बहादुर कार्की स्मृती प्रतिष्ठान र हेल्प फर जर्मनको सहयोगमा सुकाजोरमा रहेका २ वटा आधारभूत विद्यालयका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको दीप बहादुर कार्की स्मृती प्रतिष्ठानका अध्यक्ष कमल बिक्रम कार्कीले बताउनुभयो । सिद्धेश्वर आधारभूत विद्यालयका २७ जना […]

नेपाल दलित मुक्ति मोर्चा रामेछाप नगरपालिका कार्यसमिति गठन

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रामेछाप नगरपालिका कार्यसमिति गठन भएको छ । आज भएको प्रथम भेलाले हिरा बहादुर बिश्वकर्माको अध्यक्षतामा २५ सदस्य कार्यसमिति गठन गरेको हो । जसअनुसार उपाध्यक्षमा रामकृष्ण कटुवाल,तेज बहादुर बिक,गोमा नेपाली,सचिवमा दिनेश बिक,सहसचिवमा अशुन बिसुन्के,कोषाध्यक्षमा साने सार्केलाई चयन गरिएको माओवादी केन्द्र रामेछाप नगरपालिकाका नेता एवं दलित अधिकारकर्मी सरोज कटुवालले […]

अस्ट्रेलियाबाट फर्केको एक महिना नपुग्दै आत्महत्या

अस्ट्रेलियाबाट फर्केको एक महिना नपुग्दै रामेछापका एक युवकले आत्महत्या गरेका छन । रामेछाप नगरपालिका वडा नं ७ पालेवनका वर्ष २५ का सरोज श्रेष्ठले बिहिबार दिउँसो घाँटीमा सलले पासो लगाएर आत्महत्या गरेका हुन । तिन वर्ष अघि अस्ट्रेलिया गएका उनी २२ दिन अघि मात्रै नेपाल फर्किएका थिए । अस्ट्रेलियामा रहँदै लागूपदार्थ दुव्र्यसनमा फसेका सरोजलाई उनका बुबा […]

रामेछाप ओख्रेनीमा बाबु छोरा बिच खुकुरी हानाहान

रामेछाप ओख्रेनीमा बाबु छोरा बिच खुकुरी हानाहान भएको छ । रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा गएराति बाबु छोरा बिच घरायसी झगडा हुँदा खुकुरी हानाहान भएको हो । प्रहरी चौकी रामेछाप डाँडाका अनुसार मादक पदार्थ सेवन गरेका वर्ष ४५ का केशर बिक र उनका १६ वर्षका छोरा बिनोद विक बिच खुकुरी हानाहान भएको हो । […]

दोस्रो रामेछाप कप फुटबल प्रतियोगीता आयोजना हुँदै

रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ‘दोस्रो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगीता’ आयोजना हुने भएको छ । आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबका अध्यक्ष आशिष कार्कीका अनुसार मन्थली नगरपालिका वडा नम्बर २ स्थित करम्बोट खेल मैदानमा असोज १० गतेदेखि १५ गतेसम्म प्रतियोगीता आयोजना हुनेछ । उहाँका अनुसार यो प्रतियोगीताको प्रायोजक मन्थली नगरपालिका छ । आयोजक क्लबका उपाध्यक्ष […]

रामेछापमा आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै

अघिल्लो दुई वर्ष कोरोना भाइरसका कारण तीज विशेष चहलपहल हुन नपाए पनि यस वर्ष तडक भडक बढी देखिएको छ । रामेछापमा १५ दिन अघिबाटै दर खान जाने, महङ्गा कपडा र गरगहना लगाउने, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका कारण पनि तीज परम्पराभन्दा भड्किलो र फरक देखिएको हो । विशेषगरि तीजमा छोरीचेली माइत जाने, मीठो मसिनो खाने, सुःख […]

बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित

बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित भएका छन । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्यामा परेका हुन् । गतवर्ष ६ हजार सम्ममा बिक्री भएको बंगुरको पाठा यतिबेला ३ हजारमा पनि बिक्री नभएको हिमाल तराई बंगुर फर्म भालुखोपका संचालक इन्द्र तामाङले बताउनुभयो । स्थानीय तथा जिल्ला बाहिरका बजारहरुमा ६ […]

भंगेरी माविका शिक्षकलाई ल्यापटप,एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेको श्री मावि भंगरीले आज एक कार्यक्रमको आयोजना गरि एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । २०७८ सालको एसईईमा उतिर्ण विद्यालयका ५३ जना विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै वडा नं ८ का वडाअध्यक्ष सन्तोष […]

६८३ मेगावाटको सुनकोशी तेस्रो आयोजनामा लगानी गर्न बंगलादेश तयार

रामेछाप र काभ्रे जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र […]

तामाकोशीमा बेपत्ता रामेछापका युवकको १७ दिनपछि शव भेटियो

दोलखाको बिगु गाउँपालिका– १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका रामेछापका एक युवकको शव भेटिएको छ । साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका–१ वाल्दिङ घर भई नासा हाइड्रोपावरको […]