रामेछापका स्थानीय तह नीति कार्यक्रम र बजेटको तयारीमा

रामेछापका स्थानीय तह नीति कार्यक्रम र बजेटको तयारीमा

रामेछापका स्थानीयतहहरु आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । संविधान अनुसार स्थानीय सरकारले आगामी असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने भएकाले यहाँका स्थानीयतहहरूले सोही अनुसार तयारी थालेका हुन ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जनप्रतिनिधिहरूले सरोकारवालासँग सुझाव लिएर नीति, तथा कार्यक्रम बनाएको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले बताउनुभयो । शिक्षा,स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकता दिएर आगमी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट बनेको उहाँको भनाई छ ।

रामेछाप नगरपालिकाले पनि कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको नगर प्रमुख लबश्री न्यौपानेले बताउनुभयो ।  जिल्लाका अन्य ६ वटा पालिकाहरुले पनि नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरेका थिए । सबै पालिकाहरुले सडक,कृषि, खानेपानी,शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार