रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायी पलायन
रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायीहरु पलायन हुन थालेका छन् । बजार क्षेत्र विस्तारमा स्थानीय सरकारले ध्यान नदिएका कारण व्यवसायबाट पलायन हुनु पर्ने अबस्था आएको व्यापारीहरु बताउँछन् । बजार क्षेत्र साँघुरो हुँदा ग्राहकको उपस्थिति घटेको एक दशकदेखि व्यवसाय गर्दै आएका नविन मगर बताउनुहुन्छ । नगरपालिकाले बजार विकास र विस्तारको काम गर्न नसक्दा ग्राहक घटेको अर्का […]