रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,२७ सय बढी विद्याथीले परीक्षा दिँदै

रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,२७ सय बढी विद्याथीले परीक्षा दिँदै

रामेछापमा यहि चैत्र १५ गते बिहिबारदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो । यो वर्ष रामेछापका २७ सयभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन ।

जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा ९६ वटा माध्यमिक विद्यालय रहेका छन । ति विद्यालयका २७ सय ९४ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका हुन् । जसमा नियमित साधारण तर्फका २६ सय ५९ जना,प्राविधिक तर्फका १ सय १० जना र ग्रेड बृद्धि तर्फका २५ जना परिक्षार्थी परिक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गजुरेलले जानकारी दिनुभयो ।

यसैबिच माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि २२ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गजुरेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार