लघुवित्त कर्मचारी मन्चद्धारा रामेछाप बजारमा सचेतनामूलक र्‍याली

लघुवित्त कर्मचारी मन्चद्धारा रामेछाप बजारमा सचेतनामूलक र्‍याली

विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा आज(शुक्रबार) सचेतनामूलक र्‍याली गरिएको छ । लघुवित्त कर्मचारी मन्च रामेछापले ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारा सहित र्‍याली गरेको हो ।

रामेछाप मानेँ डाँडादेखी सुरु भएको र्‍याली रामेछाप बजार परिक्रममा गरी रामेछाप नगरपालिकाको अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै लघुवित्त कर्मचारी मन्च रामेछापका अध्यक्ष बद्रि सुवेदीले बालबालिका र किशोर किशोरीहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले विश्व वित्तीय सप्ताह मनाइँदै आएको बताउनुभयो ।

उहाँले लघु वित्तहरु आर्थिक समृद्धिको लागि काम गरिरहेका छन् भन्ने सन्देश दिन सचेतनामूलक र्‍याली गरिएको पनि बताउनुभयो । जिल्लामा १८ वटा लघुवित्तहरु संचालनमा रहेका छन । यस्तै रामेछाप मन्थलीमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले पनि मन्थली बजारमा र्‍याली गरेका छन ।

ग्लोबल मनी विक ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ देखि २४ तारिखसम्म विश्वव्यापी रूपमा विश्व वित्तीय सप्ताह आयोजना गर्ने गरेको छ । सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ ।

यस वर्षको ग्लोबल मनी विकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ । बालबालिका तथा युवाहरूमा वित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै उनीहरूमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार