सरकारले तत्काल घर बनाउन सहयोग गर्नुपर्ने राताटारका आगलागी पीडितको माग

सरकारले तत्काल घर बनाउन सहयोग गर्नुपर्ने राताटारका आगलागी पीडितको माग

रामेछापको राताटारमा आगलागीबाट घरबारविहीन भएकाहरू गास, बास र कपासको अभाव झेलिरहेका छन् । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक र पशुचौपायामा धेरै क्षति पुगेको उनीहरूको भनाइ छ । आफूहरूको पुनस्र्थापना हुनुपर्ने मागको सुनुवाइ नभएको पीडितको गुनासो छ ।

गएको चैत १ गते रामेछाप नगरपालिका–९, राताटार गाउँमा आगलागीबाट १३ घर पूर्णरुपमा जलेका थिए भने त्यतिकै सङ्ख्यामा गोठ पनि जलेर नष्ट भएका थिए । बस्ती नजिकै रहेको हरदेनि सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएपछि समस्या भएको एक सय वर्षका वृद्ध जनकी श्रेष्ठले बताउनुभयो ।

पूर्ण रूपमा घरमा क्षति भएका १३ परिवारमध्ये अधिकांशले शरीरमा लगाएको लुगा बाहेक अरु लुगालत्ता र सरसामान बचाउन सकेनन् । आगलागी पीडित नजिकै बारीमा खाली क्षेत्रमा त्रिपाल टाँगेर बसिरहेका छन् । आगलागीबाट एक करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको छ । १३ घरपरिवारका ८५ जनाभन्दा बढी विस्थापित भएका छन् । सङ्घ, प्रदेश र स्थानीय गरी तिनै तहका सरकारले तत्काल घर बनाउन सहयोग गर्नुपर्ने आगलागी पीडितको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार