कालिका देवी मावि देउरालीका विद्यार्थीलाई ट्रयाक सुट वितरण

कालिका देवी मावि देउरालीका विद्यार्थीलाई ट्रयाक सुट वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको कालिका देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ ।

स्वर्गीय सुनिल खड्का मेमोरियल ट्रस्टको तर्फबाट सोही विद्यालयमा अध्यनरत १ सय ३७ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो । सोहि विद्यालयका प्रधानाध्यापक ॠषि कुमार खड्काले आफ्नो स्वर्गीय छोराको स्मृतिमा कक्षा शिशुदेखि ९ सम्मका विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्नुभएको हो ।

साथै विद्यालयलाई २ वटा स्मार्ट टिभी पनि वितरण गरिएको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम शरण पौडेलले जानकारी दिनुभयो । वडा अध्यक्ष नीर कुमार श्रेष्ठ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय बुढाथोकी सहितको उपस्थितिमा उत्त सामाग्रीहरु वितरण गरिएको हो ।

स्वर्गीय सुनिल खड्काले लामो समय सो विद्यालयमा अध्यापन गराएका थिए । उनको गत वर्ष होलिकै दिन मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । स्वर्गीय सुनिल खड्का मेमोरियल ट्रस्ट दर्ताको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार