रामेछापको लिखुतामाकोशी–६ मा भिरबाट लडेर एक पुरुषको मृत्यु

रामेछापमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिका–६ बशेरीका ३६ वर्षीय पूर्ण बहादुर बरुवालको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक बरुवाल आईतबार घरबाट १ किलो मिटर टाढा रहेको भिरबाट लडेका हुन् । भिरबाट करिब ४०० मिटर तल खसेका उनको घटनास्थमै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । […]

रामेछाप गोकुलगंगा घर भएका सुनुवार ललितपुरमा कोठाभित्र मृत भेटिए

ललितपुरमा रामेछापका एक सहित दुई जना मृत फेला परेका छन् । ललितपुरको विभिन्न स्थानमा दुई जना मृत फेला परेका हुन् । रामेछापको गोकुलगंगा घर भई ललितपुर महानगरपालिका–१४ साङपाङचोक बस्दै आएका ३४ वर्षीय संरिच सुनुवार मृत फेला परेका छन् । उनी आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । यसैगरी ललितपुर महानगरपालिका–२२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर […]

रामेछाप मानेँडाँडामा मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु

रामेछापको मानेँडाँडामा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ मानेँडाँडामा शनिबार दिउँसो ४ बजे मोटरसाईकले बालकलाई ठक्कर दिएको हो । सदरमुकाम मन्थलीबाट रामेछाप बजार आउँदै गरेको लु ९६ प १९६० नम्बरको मोटरसाईकले बालकलाई ठक्कर दिएको थियो । एक मोटरसाईकल वर्कशपमा काम गर्ने भारत घर भएका जाबेद खानको […]

एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि रामेछापका विद्यालयमा सहज

सरकारले विद्यालय नर्स कार्यक्रममार्फत माध्यमिक तहका सामुदायिक विद्यालयमा स्टाफ नर्स राख्नुपर्ने नियम बनाएको छ । अझैसम्म सबै विद्यालयले नर्स नराखे पनि नर्सको व्यवस्थापन गरेका विद्यालयका विद्यार्थीलाई भने यसले धेरै कुरामा सजिलो भएको छ । विद्यालयमा नियमित नर्स आउन थालेपछि सामान्य चोटपटक लाग्दा बिचैमा कक्षा छाडेर जानुपर्ने अवस्था अन्त्य भएको छ । यति मात्र नभइ महिनावारी […]

पत्रकार वि.क.माथि भएको अभद्र व्यवहारको घटनाबारे प्रशासनमा छलफल, संघले माग्यो माफी

आफ्नो आयोजनामा भएको ‘वृहत् रामेछाप महोत्सव २०८०’ मा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा रामेछापका अध्यक्षमाथि भएको अभद्र व्यवहारको घटनाप्रति रामेछाप उद्योग वाणिज्य संघले क्षमा याचना गरेको छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा गत पुस २६ गतेदेखि सुरु भएको ‘वृहत् रामेछाप महोत्सव २०८०’ सञ्चालन सत्रकै क्रममा महोत्सवमा फोटो तथा भिडियो खिच्न मञ्चमा पुगेका राष्ट्रिय […]

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्दै

रामेछापमा रैथाने बालीको खेती गर्ने क्रम घट्न थालेको छ । नेपालका रैथाने बालीमध्ये करिब ५० प्रतिशत बाली लोप भइसकेको छ । बाँकी ५० प्रतिशत बालीमा पनि अधिकांश सङ्कटमा परेको भन्दै सरकारले रैथाने बालीको प्रवद्र्धन र बजारीकरणमा जोड दिएको छ । तर रैथानेबालीको खेती गरिँदै आएका जिल्लाहरूमा यसको खेती क्रमशः घट्न थालेको छ । रामेछाप नगरपालिका […]

रामेछापको खाँडादेवी गाउँपालिकाका २० विद्यालयमा थप ३ घण्टा पढाइ

रामेछापको खाँडादेवी गाउँपालिकाले पालिकाअन्तर्गतका २० विद्यालयहरुमा डे बोडर्सको व्यवस्था गरेको छ । चालु आर्थिक वर्षलाई ‘शैक्षिक वर्ष’ घोषणा गरेको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि डे बोडर्सको व्यवस्था गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । डे बोडर्स कार्यक्रमअन्तर्गत दैनिक न्यूनतम २ देखि ३ घण्टासम्म थप कक्षा सञ्चालन भइरहेको छ । खाँडादेवी गाउँपालिकामा रहेका ४७ वटा विद्यालयहरु […]

मन्थलीमा २ महिनासम्म अनसन,धर्ना,जुलुस,विरोध प्रदर्शन गर्न निषेध

जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारमा २ महिनासम्म अनसन धर्ना,जुलुस र विरोध प्रदर्शन गर्न निषेध गरेकोे छ । जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य मार्गहरुमा भेला अनसन,धर्ना,घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद,झैझगडा,मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुन सक्ने वा हुलदंगा वा अशान्ति हुन सक्ने सम्भावना रहेको भन्दै […]

लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव बगायो

शनिबार (आज) साँझ करिव ६ बजेतिर लिखु खोलाले जलाउँदै गरेको शव बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव बगाएको हो । बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को जिरी अस्पतालमा पोस्टमार्टमपछि आज शव जलाउने क्रममा लिखु […]

रामेछापको फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन

रामेछापको मन्थली नगरपालिकाले वडा नं १३ फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार कृषि तथा पशुको सेवा शिविरमार्फत घरदैलोमा प्रदान गरेको हो । नगरपालिकाले कृषि तर्फ माटो परीक्षण,विउविजन वितरण,कृषकहरुलाई रोग किरा नियन्त्रण सम्बन्धि प्राविधिक परामर्श दिएको छ । फुलासीका १ सय ४७ जना किसानले कृषि सम्बन्धि सेवा […]