रामेछाप सेवा समाज दोहा कतारद्वारा अग्नि पीडितलाइ आर्थिक सहयोग

रामेछाप सेवा समाज दोहा कतारद्वारा अग्नि पीडितलाइ आर्थिक सहयोग

यहि चैत्र १ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिका ९ टारमा भएको आगलागीबाट घरबार बिहिन भएका १३ परिवारलाई सहयोग रकम प्रदान गरिएको छ ।

रामेछाप सेवा समाज दोहा कतारले सोमबार टार गाउँमै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको हो । १३ घर परिवारलाइ प्रति घर परिवार नगद तीन हजार पचास रुपैयाका दरले जम्मा ३९ हजार ६ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

रामेछाप सेवा समाज दोहा कतारले परदेशमा रहेका नेपालीहरुबाट सकेको सहयोग रकम संकलन गरेको थियो । सोही रकम पीडितलाई हस्तान्तरण गरिएको हो । रामेछाप सेवा समाज दोहा कतारले विभिन्न समस्यामा परेका,विभिन्न भवितव्यं व्यहोर्न बाध्य नागरिकलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार