रामेछापबाट डेढ सय प्रावि शिक्षकले एकै दिन लिए स्थायी नियुक्ति

रामेछापबाट डेढ सय प्रावि शिक्षकले एकै दिन लिए स्थायी नियुक्ति

रामेछाप जिल्लाबाट एकै दिन करिव डेढ सय प्रावि शिक्षकहरुले स्थायी नियुक्ति बुझेका छन । उनिहरुले आईतबार जिल्ला सदरमुकाम मन्थलीमा एक औपचारीक कार्यक्रमका वीच आफनो नियुक्ति पत्र बुझेका हुन् । शिक्षक सेवा आयोग उत्तिर्ण गरि आएका विभिन्न जिल्लाका एक सय ५७ जना प्रावि शिक्षकहरुलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले स्थायी नियुक्ति पत्र वितरण गर्नुभयो ।

जिल्ला शिक्षा विकास समन्वय ईकाई रामेछापको आयोजनामा भएको नियुक्ति वितरण तथा वधाई कार्यक्रममा विभिन्न जिल्ला घरभइ शिक्षा सेवा आयोग उर्तिर्ण भएर रामेछाप जिल्लाका लागि नियुक्ति बुझन आएका १ सय ५७ जना शिक्षकहरुले नेपाल शिक्षक महाँसंघ रामेछापका अध्यक्ष एवं विभिन्न पेशागत शिक्षक संघ सँगठनका प्रमुख र तिनका प्रतिनिधिहरुको रोहवरमा पालिकावाईज रुपमा नियुक्ति प्रत्र बुझेका हुन् ।

कार्यक्रमका अवसरमा कुल मध्य ९९ जना जिल्ला वाहिरका शिक्षकहरु र वाँकि शिक्षक भने जिल्ला भित्रकालेनै स्थायी शिक्षकको नियुक्ति बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार