यहि वैशाख ६,७ र ८ गते रामेछाप बजारमा निशुल्क चर्चित चलचित्र हेर्न पाईने

यहि वैशाख ६,७ र ८ गते रामेछाप बजारमा निशुल्क चर्चित चलचित्र हेर्न पाईने

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा हुँदैछ । यहि वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो ।

महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निशुल्क हेर्न पाईने छ । श्री गौरीशंकर बहुमुखी क्याम्पमा चलचित्र महोत्सव हुनेछ ।

सेलिब्रेटी नेपालले महोत्सवको आयोजन गर्न लागेको हो । महोत्सवमा धेरै कलाकारहरु पनि सहभागी हुने र ति कलाकारहरुसँग साक्षात्कार गर्न पाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार