नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन शनिबार (आज) रामेछाप बजारमा सम्पन्न भएको छ । काँग्रेसका केन्द्रिय सदस्य संजय गौतमको प्रमुख आतिथ्यता र रामेछाप नगरका सभापती कमल विक्रम कार्कीको अध्यक्षतामा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो ।

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले अब पार्टीका नेता तथा कार्यकर्ताहरु एक भएर अघि बढनुपर्ने बताएका छन । उनिहरुले माओवादी केन्द्रसँग गठबन्धन गरेर पार्टीलाई ठुलो धोका भएको बताएका छन ।

काँग्रेसका केन्द्रिय सदस्य संजय गौतमले पार्टीलाई जनता प्रति जवाफदेहि र बलियो राजनैतिक शक्तिको रुपमा विकास गर्न सम्पूर्ण काँग्रेसका सदस्यहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।‘ काँग्रेस बलीयो भयो भने मात्र देश बलियो हुने हो,देश बलियो हुनका लागि काँग्रेसका हर कार्यकर्ता बलियो हुन जरुरी छ ।’उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधी सभा सांसद पूर्ण बहादर तामाङ्ग(कान्छाराम)ले रामेछाप नगरपालिका काँग्रेसको किल्ला रहेको भन्दै आफुले ल्याउने हरेक विकासको कामहरुमा नगरपालिकालाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले अब काँग्रेसको संगठन कमजोर रहेको ठाउँमा विकासको कामहरु गरेर पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा पार्टीलाई मजबुद बनाउने तर्फ लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार