लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु

लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु

लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु भएको छ । बिहिबार (आज) दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

घर नजिकै रहेको जलजले स्थित लिखु खोलामा २ जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उनीसँगै पौडी खेल्न गएका दुई जना किशोरहरु भने सकुशल रहेको रामेछाप प्रहरीको भनाई छ । मृतक श्रेष्ठ एसइईको परीक्षा दिँदै गरेका विद्यार्थी हुन । घटनाको अनुसन्धानको लागी साँघुटारबाट प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार