रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष खड्कालाई शरीर बन्धक सम्बन्धि कसुरमा जाहेरी परेकाले अनुसन्धानका लागी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी टेकेन्द्र पौडेलले बताउनुभयो । अध्यक्ष खड्कामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

रामेछापमा ३३ जना कोरोना संक्रमित हुँदा,८८५ जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म ८ सय ८५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय २ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

रामेछाप भालुखोपमा युवाहरुविच झडप ७ जना घाईते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ भालुखोप डाँडामा गएराति युवाहरुको दुई समुहविच झडप भएको छ । झडपमा परी ७ जना घाईते भएका छन । भालुखोप आसपासका स्थानिय युवाहरु बिच झडप भएको हो । होटल साहिरामा मादक पदार्थ सेवन गरीरहेका युवाहरुले होटलका सन्चालक विपिन मोक्तान र उहाँको श्रीमतीलाई गालीगलौज गर्न थालेपछि उनिहरुविच झडप भएको हो […]

रामेछापमा पहिलोपटक समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम , जिल्लामा फेरी लकडाउन

रामेछाप जिल्लामा एक उच्च पदस्थ कर्मचारीचारी सहित ३ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा ३ रामेछापका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्ये जिल्लाबाटै स्वाब परिक्षण गर्न पठाइएको २ जना र एकजना रामेछाप ठेगाना भएका हेटौडा बस्दै आएको बताइएको छ । जिल्लाबाट स्वाव परिक्षणका लागि पठाइएका […]

मन्थली नगरपालिकाका कर्मचारीमा पनि देखियो कोरोना

रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । आज भएको स्वाब परीक्षणमा नगरपालिकाका एक कर्मचारी सहित अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखा बन्द गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु र उक्त कोरोना संक्रमित कर्मचारीबिच घुलमिल […]

जिल्ला अस्पताल रामेछापमा यहि श्रावण महिनादेखि सेवाहरु थप

जिल्ला अस्पताल रामेछापले प्रदान गर्ने सेवाहरुमा थप गरेको छ । २५ शैयाको जिल्ला अस्पतालले यहि श्रावण महिनादेखि लागु हुने गरी एक्सरे , प्रयोगशाला र मुख तथा दन्त सेवालाई थप तथा सुदृढ गरिएको अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढुंगेलको पहलमा अस्पतालमा सेवाहरु थप […]

रामेछाप भंगेरीमा अटो दुर्घटना १ जना घाईते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित भंगरीको झगडे चौउरको घुम्तीमा अटो दुर्घटना भएको छ ।आज विहान करिब ११ बजेको समयमा ज १ ह ४६७५ नम्बरको अटो सदरमुकाम मन्थलीबाट रामेछाप डाँडा तर्फ आउने क्रममा घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परी १ जना घाईते भएका छन । रामेछाप नगरपालिका वडा नम्बर ७ का वर्ष […]

रामेछापका २०५ जनाको कोरोना पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म ८ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ सय ५ जनाको पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २४ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

रामेछापमा विहिबार लाग्दै आएको हाट स्थगित

कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन अनुसार रामेछाप बजारमा हरेक हप्ताको विहिबार लाग्दै आएको विहिबारे हाट भोलिदेखि नलाग्ने भएको छ । धेरै वर्षअघिदेखि रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको रामेछापको विहिबारे हाट स्थगित भएको हो । कोरोना संक्रमण रामेछापमा फैलन नदिन जिल्ला प्रशासनको निर्देशन र निर्णय अनुसार रामेछाप […]

आदिवासी जनजाती पत्रकारीता पुरस्कार घिसिङलाई

नेपाल आदिवासी जनजाति पत्रकार महासँघ रामेछापले यस बर्षको उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कार युनिक विफा घिसिङलाई प्रदान गरेको छ । फोनिजको २१ औँ स्थापना दिवसको अवसरमा पारेर रामेछाप नगरपालिकामा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले पुरस्कार र सम्मान प्रदान गरेका थिए । रामेछापबाट संचालित तामाकोशी अनलाइन डटकमका प्रधान […]