रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाइयो

रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाइयो

जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको मन्थलीमा बिहिबार बसेको बैठकले निषेधाज्ञा लाई केहि खुकुलो बनाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर खाद्य बस्तु, दुध, तरकारी, माछामासु, स्टेशनरी र इलोक्ट्रोनिक पसलहरु साझ ५ बजे सम्म खोल्न पाइने तर होटल, रेस्टुरेन्ट बिहान ५ बजे देखि साझ ८ बजे सम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो। त्यसैगरी अन्तर जिल्ला भित्र सञ्चालन हुने सवारी साधनहरुलाई सिट संख्याको ५० प्रतिशत यात्रुहरु राखेर बिहान ५ बजेदेखि साझ ६ बजे सम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । त्यसैगरी शैक्षिक संस्थाहरु को कक्षा तथा परीक्षा सञ्चालन गर्न नपाइने, सिनेमाहल, ब्युटिपार्लर,शैलुङ, पार्टिप्यालेश, पुस्तकालय, संग्राहलय सञ्चालन गर्न नपाइने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार