प्रहरी र कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण

प्रहरी र कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापले प्रहरी र जिल्ला अन्तर्गतको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।समितिले आज जिल्ला प्रहरी कार्याल रामेछापका प्रहरी नायव उपरीक्षक डिएसपी वसन्त पाठकको कार्यकक्षमै पुगेर त्यहाँ कार्यरत केही प्रहरी कर्मचारीलाई ४० थान एन–९५ मास्क वितरण हो ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेलाई पनि उहाँकै कार्यकक्षमा पुगेर १ थान स्ट्याण्ड सेनिटाइजर, ५ लिटरको १ ग्यालिन सेनिटाइजर, २० पीस एन–९५ मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेखबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीको आइसोलसनमा रहेका ५ जना, रामेछाप प्रहरी हिरासतमा रहेका २ जना, स्वास्थ्य कार्यालय रामेछापको आइसोलेसनमा रहेका ७ जना र होम आइसोलेसनमा रहेका ४ जना गरी जम्मा १८ जना कोरोना संक्रमित व्यक्तिलाई प्रति व्यक्ति १ लिटरको १÷१ बोतल सेनिटाइजर, एक÷एक बट्टा गुर्जो, एन–९५ मास्क २÷२ पीसका दरले वितरण गरिएको थियो ।

कोरोना संक्रमण देखिएसँगै हाल आइसोलेसन तथा होम आइसोलसनमा बसेका कोरोना संक्रमितलाई थप मनोबल बढाउन र यस महामारीको विषम परिस्थितमा पनि नागरिकको सुरक्षाका दृष्टिले अग्रपंक्तिमा खटिने प्रहरी र ट्राफिक प्रहरीलाई पनि केही हदसम्म कोरोनाबाट बच्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष विकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार