रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप जिल्ला स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन जना महिला र चारजना पुरुष गरि सात जनामा कोरोना संक्रमण पुष्टि हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार आज संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका वडा नं १० का २० वर्षीया महिला, खाँडादेवी गाउँपालिका वडा नं ३ का २२ र २६ वर्षीया महिला छन् । त्यसैगरि मन्थली नगरपालिकाका वडा नं ८ का ३३ वर्षीय पुरुष, मन्थली नगरपालिका वडा नम्बर १४ घर भएका ३६ वर्षीय पुरुष, खाँडादेवी गाउँपालिका वडा नं ३ घर भएका ३४ वर्षीय पुरुष र रामेछाप नगरपालिका वडा नं ३ का ३५ वर्षीय परुषमा कोरोना संक्रमण प्ुष्टि भएको । योसंगै हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार