आजदेखि काठमाडौँ रामेछाप बिजुली बस सन्चालनमा

आजदेखि काठमाडौँ रामेछाप बिजुली बस सन्चालनमा

ljB'tLo ldgL a; ;~rfng sf7df8f}F, @ c;f]h M g]kfndf lah'nLaf6 nfdf] b"/Ldf rNg] ldgL a; laxLaf/b]lv ;~rfng . sf7df8f}Faf6 /fd]5fksf] dGynL;Dd b}lgs ?kdf ;~rfngdf NofPsf] ;f] ldgL a; k"j{k|wfgdGqL Pj+ g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf jl/i7 g]tf dfwjs'df/ g]kfnn] z'ef/De ug'{ePsf] xf] . kmf]6f] M s[i0f clwsf/L÷/f;;

बिजुलीबाट चल्ने लामो दूरीको मिनिबस सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनीले पहिलोपटक लामो दूरीमा बिजुली बस सञ्चालनमा ल्याएको हो । काठमाडौँबाट रामेछापको जिल्ला सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालन गर्ने गरी आजबाट सेवाको सुरुवात भएको हो । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सेवाको सुरुवात गरेका हुन् ।

सेवा शुभारम्भ भएसँगै कोटेश्वरबाट आज दुईवटा बिजुली मिनी बस मन्थलीतर्फ हिडेका छन् । बीस सिट क्षमताका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट ल्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिक पावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयर ब्याग र फोल्डिङ सिट रहेका छन् ।

गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ । बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले आफ्नै देशमा उत्पादित बिजुलीको खपत बढाउन र आयातित इन्धन प्रतिस्थापनमा यी बसले योगदान पुर्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार