भोलिदेखि रामेछाप सहित देशभर लामो दूरीका यातायात चल्ने

भोलिदेखि रामेछाप सहित देशभर लामो दूरीका यातायात चल्ने

सरकारले असोज १ गते अर्थात भोलिदेखि लामो दुरीका यातायात चल्ने दिने भएको छ । असोज १ गतेबाटै आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरिएको सरकारका नवनियुक्त प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने अनुमति दिइएको उहाँले बताउनुभयो ।सुरक्षा मापदण्ड भने सबै यातायातले अपनाउनु पर्नेछ । संक्रमणको जोखिम बढेको अवस्थामा निर्णय लिने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । भोलिदेखि नै आन्तरिक हवाई उडान पनि सुचारु गर्ने निर्णय भएको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने व्यवस्था गरिएको छ भने मास्क, भाइजर, स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्री पनि अनिवार्य राखिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार