रामेछाप र मन्थली नगरपालिकालाई गुनासो तथा सुझाब संकलन पेटिका हस्तान्तरण

रामेछाप र मन्थली नगरपालिकालाई गुनासो तथा सुझाब संकलन पेटिका हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका प्रहरीहरुले गरेका कामप्रतिको गुनासो तथा सुझाब संकलन गर्ने पेटिका रामेछाप र मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको छ । प्रहरी कर्मचारीहरु सँग सम्बन्धीत गुनासो तथा सुझाब संकलन गर्न गुनासो तथा सुझाब संकलन गर्ने पेटिका हस्तान्तरण गरिएको रामेछाप प्रहरीका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

उक्त पेटिका रोमछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर र मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतलाई सम्बन्धित नगरपालिकामै पुगेर हस्तान्तरण गरिएको हो । बागमति प्रदेश अन्तर्गतका सबै जिल्लामा प्रहरी कार्यालयले जिल्ला सदरमुकाम र सोको आसपासमा रहेका पालिकामा आज एकै दिन गुनासो संकलन पेटिका हस्तान्तरण गर्ने कार्यक्रम अनुसार नै आफुहरुले हस्तान्तरण गरेको प्रहरी प्रमुख पाठकले बताउनुभयो ।

प्रहरीहरुलाई थाहा नभएको तर नगर क्षेत्र भित्र भैरहेको अपराधिक कृयाकलापका बारेमा र प्रहरीहरुले गरेको कामकाजका बारेमा गुनासो तथा सुझाब संकलन गरी कार्यशैलिलाई थप पारदर्शि र परिमार्जित गर्ने उद्धेश्यका साथ पेटिका हस्तान्तरण गरिएको पाठकको भनाई छ । उक्त पेटिकामा परेका उजुरीहरु नियमित रुपमा प्रहरी प्रतिनिधि र नगरपालिकाका प्रतिनिधिहरुको रोहबरमा खोलेर उजुरी हाल्नेको नाम गोप्य राखि बागमति प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौडामा पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार