रामेछापका ४३ जनाले जिते कोरोना, १३ जनाको उपचार जारी

रामेछापका ४३ जनाले जिते कोरोना, १३ जनाको उपचार जारी

रामेछापका ४३ जना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ५६ जना मध्ये ४३ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । अब जिल्ला अस्पतालमा २ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ५ जना गरि १३ जना संक्रमितको उपचार भैरहेको छ ।

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये अब २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

अहिलेसम्मसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ५५ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा ४५ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ४५ जना क्वारेन्टिनमा रहेका छन । ७ जना महिला र ३८ जना पुरुष गरी ४५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा ५,उमाकुण्ड गाउँपालिकामा ५ , गोकुलगंगा गाउँपालिकामा २६ र लिखुतामाकोशी गाउँपालिकामा ९ जना गरी जिल्लाभर ४५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार