रामेछाप गोकुलगंगाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज १६ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका मध्ये ४ जनामा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । २ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । […]