रामेछापका २३८ जनाले लगाए कोरोना विरुद्धको खोप

रामेछापका २३८ जनाले लगाए कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको तीनदिनमा रामेछापका २३८ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएको तेस्रोदिन मंगलबार जिल्ला अस्पताल रामेछापमा ५० जना र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ५० जना गरि १०० जनामा कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप अभियान सुरु भएको दोस्रोदिन सोमबार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ५९ जना र जिल्ला अस्पताल रामेछापमा ३० जना गरी ८९ जना र पहिलो दिन आइतबार जिल्ला अस्पतालमा ४९ जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो । दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका सवै स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरु, नेपाल प्रहरीहरु, शसस्त्र प्रहरीहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु र विभिन्न सामाजिक संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार ओश्रो चरणको खोप लगाउन एक हजार ४०० जनाले आफ्नो नाम टिपाएका छन् । यसअघि पहिलो चरणको खोप अभियान अन्तरगत जिल्लाका स्वास्थ्यकर्मी, स्वयंसेवीका, एम्बुलेन्स चालक, शब हावन चालक, अग्रपक्तिंमा खटिने सुरक्षाकर्मी, फोहोरमैला व्वस्थापन गर्ने कर्मचारी गरि एक हजार ९३ जनालाई खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार