रामेछापको बेथानमा बोलेरो दुर्घटना हुँदा बालिकाको ज्यान गयो

रामेछापको सुनापती गाउँपालिकामा बिहीवार बोलेरो गाडी दुर्घटना हुँदा एकजना बालिकाको ज्यान गएको छ । जिल्लाको दोरम्बा गाउँपालिका गुन्सालबाट काठमाडौंबाट जाँदै गरेको बा १० च ५५९८ नम्बरको बोलेर गाडी सुनापति गाउँपालिका–४ बेलडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीभदौरे घर भएकी १२ बर्षकी सुजता श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्याल […]

नामाडी घटनालाई अतिरन्जीत गरिएकोमा तरुणदलको आपत्ति

नेपाल तरुण दल रामेछापले मंगलबार नामाडीमा भएको घटनालाई राजनीतिक पूर्वग्राहका आधारमा अतिरन्जित बनाउन खोजेको आरोप लगाएको छ । नेपाल तरुण दल रामेछापले विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि घटनालाई तोडमोड गर्दै जिल्ला अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका ब्यक्तीमाथी प्रहरीको समेत मिलेमतोमा घटनालाई अतिरंजित बनाउन खोजेको भन्दै उक्त घटना प्रति कडा आपत्ति जनाएको हो […]

रामेछाप नगरपालिकामा छठलगत्तै पठनपाठनको तयारी

रामेछापको रामेछाप नगरपालिकाले छठ लगतै पठनपाठनको तयारी गरेको छ । नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने तयारी गरेको छ । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन नगरपालिकाको शिक्षा समितिको बैठक बसि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शुरु गर्ने तयारी […]

रामेछापको मन्थलीमा ट्याक्सी दुर्घटना, ८ जना घाइते

रामेछापको मन्थली नगरपालिकाको मच्छेडाँडीमा ट्याक्सी दुर्घटना भएको छ । मन्थली नगरपालिका ४ सालुबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ क ९४४ नम्बरको ट्याक्सीे वडा नम्बर १ स्थित मच्छेडाँडीमा दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना घाईते भएको छन । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठका अनुसार दुर्घटनामा परी मन्थली नगरपालिका ८ चिसापानीका २३ […]

रामेछापका १६२ जना सङ्क्रमितले जिते कोरोना, २५ जना आईसोलेसनमा

रामेछापका १६२ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १८७ जनामा कोरोना सङ्क्रमन भएकोमा १६२ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्लामा २५ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । अहिले मन्थली नगरपालिकामा […]

रामेछापमा प्लाष्टिक मालाको ब्यापार फष्टाउदै

पछिल्लो समय स्थानीय स्तरमा उत्पादन हुने परम्परागत फूलहरु लोप हुदै गएका छन् । देख्दा राम्रो र किन्दा सस्तो पर्ने भएपछी रामेछापमा पलाष्टिकका मालाहरु भित्रिन थालेका हुन । तिहार नजिकिदै गर्दा सदरमुकाम मन्थली , रामेछाप बजार लगायत स्थानीय हाटबजार क्षेत्रमा रहेका पसलहरुमा प्लास्टिकका फूलमालाले पसलहरु भरिपुर्ण देखिन्छन् । रामेछापका स्थानीय स्तरमा पूmलहरु उत्पादन भएपनी स्थानीय उत्पादनका […]

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनको आग्रह

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनले आग्रह गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि तिहारको अवसरमा जिल्लाका कुनैपनि स्थानमा मानिसहरु जम्मा भई देउसी भैलो खेल्ने तथा नाचगान गर्ने कार्यलाई पुर्ण निषेध गरिएको प्रशासनले जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सुचना जारी गर्दै पटका पड्काउने, जुवातास खेल्ने […]

रामेछाप मन्थलीमा भ्यान दुर्घटना,चालकको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ एकलेबर भन्ने ठाउँमा डिब्बा भ्यान दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार राति १२ बजे दोलखाबाट तरकारी,फलपूुल, लिएर ओखलढुङ्गातर्फ जादै गरेको प्रदेश ३–०१–००६ ख ३२० नम्बरको भ्यान दुर्घटना हुँदा चालक उदयपुरका प्रदिप कार्कीको ज्यान गएको हो । भ्यान सडकबाट करिव ५० मिटर तल खस्दा चालक उदयपुर कटारी […]

रामेछापका थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा थप आठ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक २४ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको रामेछापका २४ जनाको स्वाबमध्ये आठ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार मंगलबार राति आएको स्वाब […]

दलित परिवारमा सुनापति गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने

रामेछापको सुनापति गाउँपालिकाले दलित परिवाजनका लागि निःशुल्य स्वास्थ्य विमा सञ्चालन गरेको छ । गत आर्थिक वर्ष २०७६र०७७ देखि सञ्चालनमा ल्याएको दलित घर परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई पालिकाले चालु आर्थिक वर्ष पनि निरन्तरता दिएको हो । पालिकाले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तिरेर विमा गरेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । […]