आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा दलितको नेतृत्वलाई सुनिश्चित गर्न माग

आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा दलितको नेतृत्वलाई सुनिश्चित गर्न माग

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापले नजिकिदैँ गरेको आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा दलितको नेतृत्वलाई सुनिश्चित गर्न माग गरेको छ । संघले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ रामेछाप र तीन वटै संगठन नेपाल प्रेस चौतारी, प्रेस युनियन र प्रेस संगठनका प्रमुखसमक्ष तीन बुँदे मागसहितको ध्यानकर्षण पत्र बुझाएका हुन् । यही चैत २५ गते हुने निर्वाचनमा दलित समुदायबाट आएर पत्रकारिता पेशामा क्रियाशी रहँदै आएका पत्रकारहरुको प्रतिनिधित्व सुनिश्चित गरिदिन माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेख बहादुर विकले संगठनका प्रतिनिधिहरुलाई ध्यानकर्षण पत्र बुझाउनुभयो । ध्यानकर्षण पत्रमा यसअघि पत्रकार महासंघमा दलित पत्रकारहरुको प्रतिनिधित्वलाई शुन्य भएको र हाल नेपाल पत्रकार महासंघको विधान २०६० ( पाचौँ संशोधन २०७५ ) को परिच्छेद ५ को १६ (१) ‘क’ बमोजिम माग गरिन्छ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार