मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी

मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले मृतकको परिवारलाई मुत्यु बिमा दावी भुक्तानी गरेको छ ।बिहिबार मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी स्वर्गीय सिता कार्कीको श्रीमान गोपी कार्कीलाई ५ लाख १० हजार नगद भुक्तानी गरिएको छ । नवजागरण बचत तथा ऋण सहकारी संस्थामार्फत सिटिजन लाइफ इन्स्योरेन्समा ऋणको बिमाको गरेकी सिताको मृत्यु पश्चात् ऋणबापतको रकम काजक्रिया खर्छ बापतको रकम नवजागरण साकोसका अध्यक्ष श्याम थापालाई हस्तान्तरण गरिएको हो ।

कम्पनीले सहकारीसंग संस्थागत सम्झौता गरेरै सहकारीका ऋणिहरुको बिमा गर्दै आएको छ । सहकारीको कार्यालयमा बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि सिटिजन लाइफ ईन्स्योरेन्स रामेछापकी शाखा प्रमुख मञ्जु उप्रेतीले सहकारिलाई ५ लाख १० हजारको चेक हस्तान्तरण गरेकी हुन । । सहकारिबाट ऋण लिएकि सीता कार्कीको केही समय अघि उपचारको क्रममा ज्यान गएको थियो

मृत्यु दावि बापतको रकम भुक्तानी गर्दै शाखाकि प्रमुख उप्रेतीले सिटिजन लाईफ इन्स्योरेन्सले सहकारिबाट ऋण लिने र कमाई गरेर ऋण तिर्ने मानिसको मृत्यु भएको खण्डमा त्यसको लोड परिवारमा नपरोस भन्नका लागि बिमाले जोखिम बहन गर्ने गरि ल्याएको यो सेवा सबैका लागि उपयुक्त र प्रभाबकारि रहेको बताईन । यसले सहकारिको रकमको जोखिम कम हुने र रकम उठाउने तनाब समेत नहुने बताइन । सिटिजन लाइफ इन्स्योरेन्स बिमाको क्षेत्रमा एक कदम अघि रहेको बताइन् । उनले भनिन्- हामी परी आएको खण्डमा घर घरमै पुगेर सेवा दिन्छौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मुलुकका १ सय २५ शाखा बाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार