रामेछापमा प्रेस युनियनको प्यानलै विजयी,प्रेस चौतारीको एक भोट

रामेछापमा प्रेस युनियनको प्यानलै विजयी,प्रेस चौतारीको एक भोट

नेपाल पत्रकार महासंघ रामेछापको निर्वाचनमा प्रेस युनियर र प्रेस संगठनको संयुक्त प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनमा बद्रि नयाँघरे नेतृत्वको प्यानलै विजयी भएको हो । अध्यक्षमा बद्रि नयाँघरले ३९ मत प्राप्त गर्नुभयो । स्वतन्त्र अध्यक्षको उम्मेद्वार सुमित श्रेष्ठले ३३ मत प्राप्त गर्दा प्रेस चौतारीका अध्यक्षका उम्मेद्वार सौजन्य प्रसाद सत्यालले १ मत मात्रै प्राप्त गर्नुभयो । उपाध्यक्षमा कैलाश खत्री ४४ मत प्राप्त गरेर विजयी हुनुभयो भने उपाध्यक्षका अर्का उम्मेद्वार विफा घिसिङले २८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष (महिला) मा रिता कुमारी मगर ४१ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उपाध्यक्ष (महिला) कै अर्का उम्मेद्वार शान्ता श्रेष्ठले ३२ मत प्राप्त गर्नुभयो । सचिवमा तुलसीदेवी श्रेष्ठले ४२ मत प्राप्त गर्दै विजयी हुनुभयो भने सचिव पदकै अर्का उम्मेदवार नवराज श्रेष्ठले २७ मत प्राप्त गर्नुभयो । सह सचिव (समावेशी) मा सम्बर बहादुर हायु (प्रशान्त) ले ४७ मत प्राप्त गर्दै विजयी हुनुभयो भने सह सचिव (समावेशी) कै अर्का उम्मेद्वार दिपक लामाले २६ मत प्राप्त गनुर््भयो ।

कोषाध्यक्ष मा यु्वराज श्रेष्ठले ४९ मत प्राप्त गर्दै विजयी हुनुभयो भने कोषाध्यक्ष पदकै अर्का उम्मेद्वार लेख बहादुर विकले २३ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा निरु थापा ४८ मत,दलित सदस्यमा मिलन विक ४७ मत,सदस्यहरुमा क्रमश राजन महतारा ४७ ,सरोजराज सुवेदी ४३,निरोज श्रेष्ठ,४३,कुमार श्रेष्ठ ४७ र अनिता थापा मगर ४७ मत प्राप्त गर्दै विजयी भएका छन । यसैगरी राष्टिय सभा सदस्यमा टीका प्रसाद भट्ट ४८,दिपक भट्ट ४५ र हिमाल ढुंगेल ४८ मत प्राप्त गर्दै विजयी भएका छन ।

प्रदेश सभा सदस्यमा अप्रिल अधिकारी ४७,दिपक कुमार घिमिरे ४९,सन्तोष ढंगेल ४६ र उमंग मैनाली ४४ मत प्राप्त गर्दै विजयी भएका छन । ७७ जना मतदाता रहेको रामेछापमा ७३ जनाले मतदान गरेका थिए । पत्रकार महासंघ रामेछापका नवनिर्वाचित अध्यक्ष बद्रि नयाँघरले यो जित जिल्लामा रहेका पत्रकारहरुको ऐतिहासिक जित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार