पत्रकार महासंघ रामेछापकोे अध्यक्ष पदमा चार जनाको मनोनयन दर्ता

पत्रकार महासंघ रामेछापकोे अध्यक्ष पदमा चार जनाको मनोनयन दर्ता

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा चार जनाले मनोनयन दर्ता गराएका छन । यही चैत २५ गते हुन गइरहेको महासंघको आसन्न निर्वाचनको लागि सुमित श्रेष्ठ र नबिन केसीले स्वतन्त्रबाट अध्यक्षको उम्मेद्वारी दर्ता गराएका छन् भने र प्रेस चौतारी नेपालको तर्फबाट सौजन्य प्रसाद सत्याल , प्रेस युनियन र प्रेस संगठनको तर्फबाट बद्रीनयाँघरेले उम्मेद्वारी दर्ता गराएका छन् । संघको उपाध्यक्ष पदमा प्रेस चौतारीको तर्फबाट युनिक बिफा घिसिङ र प्रेस युनियन र प्रेससंगठनका तर्फबाट कैलाश खत्रीको उम्मेद्वारी परेको छ ।

यस्तै संघको महिला उपाध्यक्षमा प्रेस चौतारीका तर्फबाट शान्ता श्रेष्ठ र प्रेस युनियन र प्रेससंगठनका तर्फबाट रिता मगर (घिमिरे) को उम्मेद्वारी परेको छ । सचिव पदमा प्रेस चौतारीका तर्फबाट नवराज श्रेष्ठ र प्रेस युनियन र प्रेससंगठनबाट तुल्शीदेवी श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । सहसचिवमा प्रेस चौतारीबाट डोर बहादुर बरुवाल, प्रेस युनियन र प्रेससंगठनबाट रामचन्द्र विक,समावेश सहसचिवमा प्रेस चौतारीबाट दिपक तामाङ, प्रेस युनियन र प्रेससंगठनबाट शम्बर बहादुर हायुले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदका लागि प्रेस चौतारीबाट लेख बहादुर विक, प्रेस युनियन र प्रेससंगठनबाट युवराज श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । खुला ६ जना , महिला एकजना , दलित एकजना , जनजाति एकजना सदस्यका लागि प्रेस चौतारी नेपाल र प्रेस युनियन , प्रेससंगठन गठबन्धनले आआबफ्नाको उम्मेद्वारी दर्ता गराएको छ । राष्ट्रिय सभासदस्यमा प्रेस चौतारी नेपालबाट नवराज पथिक , प्रेस युनियन र प्रेससंगठन गठबन्धनबाट दीपक भट्ट , टिका प्रसाद भट्ट र हिमाल ढुंगेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै प्रदशसभा सदस्यमा प्रेस चौतारी िनेपालबाट झम्क कडेंल , प्रज्वल पौडेल , प्रेस युनियन र प्रेससंगठन गठबन्धनबाट अप्रील अधिकारी,दीपक कुमार घिमिरे ,मन्जु उप्रेती,सन्तोष ढुंगेल र उमङग मैनालीको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार