पत्रकार महासंघ रामेछापको अध्यक्षमा सुमित श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

पत्रकार महासंघ रामेछापको अध्यक्षमा सुमित श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको अध्यक्ष पदमा पत्रकार सुमित श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । जिल्ला सदरमुकाम मन्थलीमा बिहिबार पत्रकार सम्मेलन गरी यही चैत २५ गते हुन गइरहेको महासंघको आसन्न निर्वाचनको लागि श्रेष्ठले अध्यक्ष पदमा१४ बुँदे प्रतिबद्धता सहित स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नु भएको हो ।

पत्रकार श्रेष्ठको चुनावि प्रतिबद्धताहरु

१. रामेछाप जिल्लाबाट सञ्चालित मिडियाको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन वितरणमा जिल्लाका ८ वटै स्थानीय सरकारहरूसँग समन्वय गरिनेछ र आवश्यक परेमा दबाव समेत दिइनेछ । श्रमजीवि पत्रकारको सुरक्षा र पेशागत प्रवद्र्धनका लागि आवश्यक काम गरिनेछ ।

२. राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने जिल्लाभित्रका स्थानीय सरकार तथा सरकारी कार्यालयहरूको सार्वजनिक विज्ञापन, बोलपत्र, ठेक्का सूचना लगायतका सामग्रीहरू जिल्लाबाट राष्ट्रिय छापा मिडियामा कार्यरत संवाददाताहरू मार्फत उपलब्ध गराउने गरी कडाईपूर्वक पहल गरिने छ ।

३. स्थानीय सरकारले सञ्चार माध्यममा गर्ने कुनैपनि विषयमा लक्षित खर्च, पहूँच र प्रभावको आधारमा नभई सबै सञ्चार माध्यमहरूलाई समानुपातिक रूपमा वितरणको लागि पहल गरिनेछ ।

४. स्थानीय सरकारहरूले सूचना तथा सञ्चारमा गर्ने खर्च जिल्ला बाहिरका नामनै नसुनेका र जिल्ला भित्रै निष्कृय अवस्थामा रहेका मिडियामा खर्च गरेको अवस्था छ, सो प्रकृयाको अन्त्य गर्नका लागि स्थानीय सरकारहरूले स्थानीय मिडियालाई नै उक्त कार्य सुम्पने र भुक्तानी पनि स्थानीय मिडियालाई दिने व्यवस्थाको लागि पहल गरिनेछ ।

५. जिल्लामा सञ्चालित रेडियो, पत्रिका र अनलाइन सञ्चार माध्यमहरूको आर्थिक विकास र प्रवद्र्धनको लागि पत्रकार महासङ्घ रामेछापको अगुवाइमा आन्तरिक कार्ययोजना बनाई तुरून्तै लागु गरिनेछ ।

६. जिल्लाका विभिन्न सञ्चार मध्यमहरूमा कार्यरत पत्रकारहरूलाई प्रत्येक २÷२ महिनामा कम्तीमा एकपटक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि समूहगत फिल्ड रिपोटिङ्ग भ्रमणमा लगिनेछ ।

७. जिल्लामा रहि निरन्तर पत्रकारितामा सङ्लग्न पत्रकार लक्षित उत्कृष्ट वार्षिक पत्रकारिता पुरस्कारको व्यवस्था गरिने छ ।

८. श्रमजीवि पत्रकारको सुरक्षा र स्थानीय मिडियाको विकासका लागि देशका तीनै तहका सरकारहरूसँग आवश्यक समन्वय र पहल गरिने छ ।

९. जिल्ला भित्र रहेका रेडियो, पत्रिका र अनलाइनमा कार्यरत प्राविधिकहरूका लागि प्राविधिक तालिम, समाचार डेस्कमा काम गर्ने र रिपोर्टरहरूका लागि लेखन तथा सम्पादन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

१०. अनलाइन सञ्चार माध्यमहरू सञ्चालक लक्षित लेखा, व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

११. जिल्लामा रहेका पत्रकारहरूका लागि मिडिया कानुन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

१२. जिल्लामा क्रियाशील सञ्चार संस्थाहरूका लागि आवश्यक पर्ने न्यूनतम प्राविधिक उपकरणहरूको व्यवस्थाका लागि तीनै तहका सरकारहरूसँग सार्थक समन्वय र पहल गरिनेछ ।

१३. जिल्लामा सञ्चालित सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरूको आर्थिक समृद्धिलाई टेवा पु¥याउन ‘पत्रकार सहकारी
कोष’ को स्थापनाको कार्ययोजना बनाई लागु गरिनेछ ।

१४. खोजमूलक समाचार लेखन कार्यलाई प्रोत्साहन गर्नका लागि मासिक रू. ५,०००÷– राशीको ‘उत्कृष्ट खोजमूलक फिल्ड
रिपोर्टिङ समाचार पुरस्कार’ प्रदानका लागि समेत कार्ययोजना बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार